आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ मा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।
यो जितसँगै नेपाल २७ खेलबाट २२ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल सातौँ स्थानमा थियो। पराजित स्कटल्यान्ड ३१ खेलबाट ३८ अङ्कसहित शीर्ष स्थानमा छ। अमेरिका २६ खेलबाट ३६ अङ्कसहित दोस्रो स्थानमा छ। नेपालले अब शृङ्खलाको अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ।
जितका लागि पाएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले। रोहितले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए।
त्यस्तै, इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५५ रन योगदान गरे। ओपनर आसिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन जोडे। आरिफ शेख ८ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए।
बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले २ र ब्रान्डन म्याकमुलेनले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो। उसका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। उनले ४४ बलमा ६ चौका र ६ छक्का हाने। यस्तै, माइकल इङ्लिसले ५१, जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन जोडे।
नेपालका ४ विकेट लिएका ललित राजवंशी 'प्लेयर अफ द म्याच' चुनिए। सन्दीप लामिछानेले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवका नाममा समान १–१ विकेट रह्यो।
यसै खेलमा लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमान बनाए। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको कीर्तिमान तोडेका हुन्। स्टार्कले सन् २०१९ मा ७७ खेल खेल्दै १५० विकेटको कीर्तिमान बनाएका थिए। सन्दीपले भने मात्र ७३ खेलमा १५० विकेट लिँदै स्टार्कको सो ६ वर्ष पुरानो कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
