AnonymousUser

Logout

यस्तो रहनेछ बुधबारको मौसम

पश्चिम तराईका थोरै स्थानमा हुस्सु लागेको छ। दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ।

शुरू भयो बजेट निर्माण प्रक्रिया, प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग

योजना आयोगका अनुसार प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ मसान्तभित्रमा प्रस्ताव पेश गरिसक्नुपर्नेछ।

निर्वाचन तयारीः ७० प्रतिशत काम सकियो, खर्च नियन्त्रणमा आयोग सचेत

उम्मेदवारले गर्ने खर्चको सीमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको संख्याको आधारमा तोकिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ।

एमाले महाधिवेशन : मतदान स्थगित, बुधबार बिहान ८ बजेदेखि हुने

एमालेको नेतृत्व चयनका लागि मंगलबार निर्धारित मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै बुधबार बिहान ८ बजेसम्म सारिएको छ।

विस्फोटक पदार्थसम्बन्धी कसुरमा श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार लामा पक्राउ

सीआईबीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई पक्राउ गरेको छ।

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ घाइते

मकवानपुरको बकैया गाउँपालिका–७, अँधेरीमा भएको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

वार्ताअघि युक्रेनका लागि फ्रान्सले राख्यो यस्तो शर्त

बर्लिन वार्ताका क्रममा युरोपेली नेताले रुसले सम्झौता उल्लंघन नगरोस् भन्ने उद्देश्यले अमेरिका समर्थित सुरक्षा ग्यारेन्टीको एक अंशका रूपमा युक्रेनमा अन्तर्राष्ट्रिय बल तैनाथ गर्ने प्रस्तावसमेत अघि सारेका छन्।

पञ्चायतदेखि बालेनसम्मले प्रयोगशाला बनाएको खुलामञ्च: खुला रहनेमै संशय

प्रजातन्त्रको बिगुल फुक्ने खुलामञ्च पञ्चायतदेखि खण्डीकरण हुँदै गयो, पछि स्थानीय सरकारहरूले नै खुला रहन दिएनन्। अहिलेका मेयर बालेनले ‘खुला रहने’ घोषणा गरे पनि उनकै गतिविधिबाट अभियन्ता सशंकित छन्।

माथिल्लो अरुण आयोजना निर्माण गर्न काटियो २ हजारभन्दा बढी रूख

माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रूख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईले बताए।

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित, दुई जनाको उम्मेदवारी खारेजी

महाधिवेशनमा ११ केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् भने उपमहासचिवसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

हिंसा भड्काएको अभियोगमा पाकिस्तानी धर्मगुरुलाई ३५ वर्ष कैद सजाय

हिंसा भड्काएको अभियोगमा पाकिस्तानको आतंकवादविरोधी अदालतले प्रतिबन्धित टीएलपी पार्टीका एक वरिष्ठ धर्मगुरुलाई ३५ वर्ष कैद सजाय सुनाएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि, कारोबार रकम भने घट्यो

नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ को बिन्दुमा कायम भएको छ भने तीन अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

५ महिनामा ८ प्रतिशत मात्र विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ कर उठाउने लक्ष्य राखेको सरकारले त्यसको ८४.३१ प्रतिशत अर्थात् ८० अर्ब २७ करोड रुपैयाँ बराबर मात्रै असुली गरेको छ।

आफू निकट असन्तुष्टलाई फकाउँदै ओली, उम्मेदवार नभएको घोषणा गर्न दबाब

नेता ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएको बेला आफ्नै समूहमा बढेको असन्तुष्टि मत्थर गरेर नजाँदा चुनावी परिणाममा असर पर्ने देखेर ओली समूहले रणनीतिक रूपमा दबाब अभियान चलाएको छ।

सामाजिक सञ्जालमा प्रेम गरी बिहे गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ।

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो। जसबाट पाठकलाई क्यानले छनोट गरेको हो।

पानोरामा सम्पादनको विषयमा ट्रम्पद्वारा बीबीसीविरुद्ध मानहानिको मुद्दा

यस मामिलामा, बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले गत महिना राजीनामा दिएका थिए। के हो पानोरामा विवाद?

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान: ८० 'ई-भोटिङ मेसिन'को प्रयोग

नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ।

एउटै कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले बताए।