यस्तो रहनेछ बुधबारको मौसम

पश्चिम तराईका थोरै स्थानमा हुस्सु लागेको छ। दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको छ।

पश्चिम तराईका थोरै स्थानमा हुस्सु लागेको छ। दिउँसो देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। 

राति कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।