नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको वरीयतामा

मंगले तामाङ ६५–६९ वर्ष उमेर समूहअन्तर्गत विश्व वरीयताको २६७८ नम्बरमा सूचीकृत भएका छन्।

नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको वरीयतामा
तस्वीर सौजन्य: गणेश राई

काठमाडौँ– नेपालगन्जका मंगले तामाङ ‘अबोट वर्ल्ड  म्याराथन मेजर्स’को विश्व वरीयतामा नेपालबाट सूचीकृत हुने एकमात्र भेट्रान धावक बनेका छन्। 

उनी ६५–६९ वर्ष उमेर समूहमा विश्व वरीयताको २६७८ नम्बरमा सूचीकृत भएका हुन्। 

मंसिर २२ मा सम्पन्न ११औँ धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमी दूरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि मंगलेको नाम विश्व वरीयतामा लेखिएको हो। 

संसारका उत्कृष्ट म्याराथन धावकलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वर्ल्ड  म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकको सूचीकृत गर्दै वरीयताक्रम निर्धारण गर्छ। 

साथै, मेजर म्याराथनको नतिजा र इलाइट रनरहरूको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृतसमेत गर्ने गरेको छ।