महाशिवरात्रिको तयारीस्वरूप पशुपति परिसरमा धमाधम रंगरोगन गर्न थालिएको छ भने फूलबत्तीसमेतले समेत सजाउन थालिएको छ।
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायी र मजदुरहरूले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात बन्द गरेका हुन्।
मालपोत कार्यालयले प्रदान गर्ने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ।
हिमपात तथा वर्षा नहुँदा वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई खानेपानीको समस्या हुन थालेकाे डिभिजन वन रसुवाका प्रमुख अनिल रेग्मीले बताएका छन्।
ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नाका साथै अस्थायी पोस्ट भत्काइदिएका छन्।
राष्ट्रपति निर्वाचनलाई लिएर वर्तमान सत्तागठबन्धनको भविष्यमाथि नै टीकाटिप्पणी भइरहँदा काठमाडौँ ओर्लिएका भारतीय विदेशसचिव र उनका उच्चस्तरीय राजनीतिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
आन्दोलनका क्रममा १० प्रहरी र केही आन्दोलनकारी घाइते भएको बताइएको छ।
डा. चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा ९ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए।
भत्किएका संरचनामा पुरिएकी नाइडे उमाय नामकी महिलालाई भूकम्प गएको एक सातापछि उद्धार गरिएको छ।
महाधिवेशन गरेर नयाँ नेतृत्व छानेको विवेकशील साझाले एक वर्षभित्र प्रदेश र जिल्ला अधिवेशन सक्ने योजना बनाएको छ। त्यसैगरी, साना दलसँग एकता गर्ने र स्वतन्त्र रहेकालाई पार्टीमा भित्र्याउने रणनीति लिएको छ।
सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरिरहेको, तर पार्टीसँग भएको सहमति कार्यान्वयन नभई सरकारमा नजाने निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
टर्की र सिरियामा गत साता गएको शक्तिशाली भूकम्पमा पनि हालसम्म ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। टर्कीमा मात्रै मृत्यु हुनेको संख्या ३२ हजार नाघेको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ।भूकम्पले भत्काएका संरचनामा पुरिएका अझै सयौँ मानिस हराइरहेका छन्। खोजी र उद्…
राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आएका भारतीय विदेशसचिव क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्।
परराष्ट्रमन्त्री पौड्यालले भारतीय विदेशसचिव क्वात्रासँगको भेटका क्रममा जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एशियास्तरको संयन्त्र बनाउनुपर्नेमा जोड दिएको बताइन्।
जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने गायिका रिहानाको प्रतिबद्धता छ।
बैठकमा चितवन-२ मा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।
सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री दाहालले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने बताएका छन्।
साउदी अरबले महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजना अघि सारेको छ।