AnonymousUser

Logout

प्रत्यक्ष निर्वाचनतर्फ उपेक्षामा महिला, सत्ता र प्रतिपक्षी गठबन्धनबाट २५ उम्मेदवार

प्रत्यक्ष निर्वाचनमा महिला सहभागिताबारे बाध्यकारी कानून नहुँदा दलहरूले उनीहरूलाई उपेक्षा गरेको देखिएको छ।

भेनेजुएलामा पहिरोमा पुरिएर ३६ जनाको मृत्यु, ५६ बेपत्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ३ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

मध्य अमेरिकामा आँधीको वित‌ण्डा, २८ जनाको मृत्यु

मंगलबारदेखि दक्षिणी क्षेत्रतर्फ प्रवेश गर्ने भनिएको आँधीले बाढी र भूक्षय गराउनसक्ने अमेरिकी राष्ट्रिय आँधी केन्द्रको अनुमान छ।

जसले फरक मत राखे, तिनले टिकट गुमाए

एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनी स्वतन्त्र उम्मेदवार भएका छन्। कांग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्वको कोपभाजनमा परेर टिकट पाउनबाट बञ्चित धेरै नेता असन्तुष्ट छन्।

इन्डोनेसियामा फुटबल मैदानमा हिंसा, एक सय २७ को मृत्यु

इन्डोनेसियामा फुटबल मैदानमा हिंसा हुँदा एक सय २७ जनाको मृत्यु भएको छ। हार्ने पक्षका समर्थकहरू आक्रमणमा उत्रिँदा घटना भएको हो।

समानुपातिक प्रणालीतर्फको बन्द सूचीमाथि १२ दलको संशोधन आज

राजनीतिक दलले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा स‌ंशोधन बुझाएका छन्। आयोगले दलहरूलाई असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेश गर्न भनेको थियो।

स्रोतमै फोहोर वर्गीकरण : भएन कार्यान्वयन

काठमाडौँ महानगरपालिकाले साउन १ मा स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

इन्डोनेसियाको कन्जुरुहान रंगशालामा भागदौड मच्चिँदा १७४ जनाकाे मृत्यु

राष्ट्रपति जोको विडोडोले घटनाको अनुसन्धान नसकिँदासम्म इन्डोनेसियामा प्रमुख लिगका कुनै पनि प्रतिस्पर्धा नगराउन निर्देशन दिएका छन्।

कुहिने फोहोर व्यवस्थापन गर्न स्थान पहिचान गर्दै काठमाडौँ महानगर

फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

हवाई अडिट गर्न इयुको प्राविधिक टोली नेपाल आउँदै

नेपालको हवाई सुरक्षाको पुनरावलोकन गर्न युरोपियन युनियनको टोली नेपाल आउने भएको छ। युरोपेली आयोगले सन् २०१३ मा नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो।

अफगानिस्तानको काबुलमा आत्मघाती बम विस्फोट, १९ जनाको मृत्यु

विस्फोटमा मारिनेहरू अल्पसंख्यक हजारा समदुायका रहेको छन्। यसअघि पनि हजारा समुदायका मानिसहरूलक्षित आक्रमण हुने गरेका थिए।

बुटवल उपमहानगरपालिकामा खुला रूपमा दूधको बिक्री वितरणमा रोक

दुग्धजन्य पदार्थलाई स्वस्थकर बनाउन र बिक्रि वितरणलाइ व्यवस्थित गर्न गुणस्तर परीक्षण किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको छ।

कांग्रेसभित्र शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सत्ताको हतियार मात्र हुन लागेको र निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरेका छन्।

कोइराला पक्षको चियापानमा नेताहरूले भने- कांग्रेसभित्र राजा जन्मिए

नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।

कोइराला पक्षको चियापानमा नेताहरूले भने- कांग्रेसभित्र राजा जन्मिए

नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।

‘जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण आवश्यक छ’

वनमन्त्री प्रदीप यादवले नेपालजस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण महत्त्वपूर्ण रहेको बताएका छन्।

डेंगी संक्रमित २८ हजार नाघे, ३८ जनाको मृत्यु

नेपालमा साउनदेखि हालसम्म २८ हजार १०९ जनामा डेंगी देखिएको छ भने ३८ जनाको मृत्यु भएको छ।

इयान आँधीका कारण फ्लोरिडाका २४ लाख घरमा विद्युत् आपूर्ति ठप्प, लुटपाट रोक्न कर्फ्यू जारी

२४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी अहिलेसम्मकै ठूलो भएको फ्लोरिडामा गभर्नर रोन डिसान्टिसले बताएका छन्।

अविवाहित महिलालाई पनि २४ हप्तासम्म गर्भपतनको अधिकार छ : भारतीय सर्वोच्च अदालत

भारतीय सर्वोच्च अदालतले अविवाहित महिलालाई २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने अधिकार रहेको बताएको छ।

आङ सान सुची र उनका पूर्वसल्लाहकार टर्नेललाई ३ वर्षको जेल सजाय

म्यानमारको सैन्य अदालतले सुचीलाई हालसम्म २३ वर्ष जेल सजाय सुनाएको छ। उनीविरुद्धका सबै आरोप प्रमाणित भए २०० वर्षसम्मको जेल सजाय हुनसक्छ।