AnonymousUser

Logout

कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घट्यो : कृषि मन्त्रालय

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्षको मध्यसम्मको खर्च करिब ४६ प्रतिशतको हाराहारीमा रहेको छ।

सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिइँदै, विज्ञ भन्छन्– ‘घातक काम’

संसद्मा दर्ता सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा ठूला सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिने प्रस्ताव गरिएको छ। विज्ञहरू यो घातक कदम हुने, सहकारी नियमनका लागि बेग्लै संरचना बनाउन सकिने बताउँछन्।

भनसुनबाट योजना छनोट गर्ने जमाना अन्त्य भयो : अर्थमन्त्री

अर्थमन्त्री पौडेलले सरकारले औचित्य, आवश्यकता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोट गर्ने बताएका छन्।

अडानी ग्रुपले सार्वजनिक गर्‍यो उल्लेख्य नाफा बढेको रिपोर्ट

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको कूल नाफा ८२० करोड भारतीय रुपैयाँ रहेको छ।

खेलाडी पलायनले संकटमा थ्रीस्टार, युवाको भरमा फर्किएला साख?

पछिल्लो एक दशक शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रवाफ छाडेको थ्रीस्टार गत वर्ष छैटौँ स्थानमा खस्कियो। यो वर्ष कतिपय स्टार खेलाडी अष्ट्रेलिया पुगेका छन् भने, केहीले क्लब छाडेका छन्।

४८ दिनको धर्नापछि रुबी खानसहितका अधिकारकर्मी र सरकारबीच तीनबुँदे सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति कार्यान्वयन गर्ने आश्वसन दिएकाले आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको अधिकारकर्मी रुबी खानले बताइन्।

४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह गरेका छन्।

भित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील छन् : केपी ओली

एमाले अध्यक्ष ओलीले देशमा स्थिरता र स्थायित्व हुन नदिन अनेक किसिमका षड्यन्त्रहरू भइरहेको बताएका छन्।

कुशलको शतकमा नेपालको कीर्तिमानी जित

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ११५ रन बनाए। उनले ११३ बलमा १० चौका र ४ छक्का प्रहार गरे। कुशलको ओडीआईमा यो पहिलो शतक हो।

ओडीआईमा कुशल भुर्तेलको पहिलो शतक

कुशल भुर्तेलले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलमा शतक पूरा गरेका छन्।

सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ?

विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड बराबरको सहुलियतपूर्ण लिने सरकारको तयारी छ।

मोदीबारे डकुमेन्ट्री प्रसारणपछि भारतस्थित बीबीसीका कार्यालयमा आयकर विभागको छापा

मोदीबारे डकुमेन्ट्री प्रसारण गरेपछि भारतीय आयकर विभागले बीबीसीका कार्यालयमा छापा मारेको छ।

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति हुने छ।

'मोबाइल पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्छ'

महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

ट्विटरका विज्ञापनदाता घट्दै, मस्क भन्छन्– कम्पनी टाट पल्टिन दिँदैनौँ

ट्विटरका प्रमुख एक हजार विज्ञापनको राजस्व पछिल्लो ३ महिनामा ६५ प्रतिशतमा सीमित भएको पाइएको छ।

ट्विटरका विज्ञापनदाता घट्दै, कम्पनी टाट पल्टिन नदिने मस्कको भनाइ

सेप्टेम्बर र अक्टोबरमा मात्रै ३० वटा ठूला विज्ञापनदाताले ट्विटरमा खर्च कटौती गरे भने अक्टोबरमा ६२ दशमलव ५ मिलियन डलर खर्चिएका विज्ञापनदाताले जनवरीको अन्त्यतीर १५ मिलियन डलर मात्रै खर्च गरे।

‘जनयुद्ध दिवस’को विरोध गरेको भन्दै गोरखामा माओवादी कार्यकर्ताले कुटे क्याम्पस प्रमुख 

द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीलाई कार्यकक्षमै गएर अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डेय नेतृत्वको टोलीले कुटपिट गरेको छ।   

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, अब ७० अंक ल्याए पास

बागमतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ।

नामिबियाका लागि माइकलको शतक, नेपालले पायो २८६ रनको लक्ष्य

घरेलु टोली नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मेडनसहित ६१ खर्चिए। 

अमेरिकाको मिसिगनमा गोली प्रहार, ३ जनाको मृत्यु

अमेरिकाको मिसिगन स्टेट विश्वविद्यालयमा सोमबार भएको अन्धाधुन्ध गोली प्रहारमा ३ जनाको मृत्यु भएको छ।