निर्वाचन आयोगबाट जरिवानामा परेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई तत्काल जरिवाना नगर्न सर्वोच्च अदालतले आयोगलाई अन्तरिम आदेश दिएको छ।
धनुषा जिल्ला अदालतले अवैध क्रसर विरोधी धनुषाका दिलीप महतो हत्याका ७ जना आरोपितमध्ये ३ जनालाई दोषी ठहर गरेको छ।
चितवन–२ मा हुने उपनिर्वाचन रास्वपा सभापति रवि लामिछानेका कारण जति चर्चामा छ, सम्भावित उम्मेदवारमा डा. स्वर्णिम वाग्लेको चर्चाले त्यसलाई थप रोचक बनाउँदै छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोंगबुको ल्होत्से मल लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आसन्न शहीद स्मारक 'ए' डिभिजन लिगका लागि सेनेगलका डिफेन्सिभ मिडफिल्डर र उज्बेकिस्तानका विंगरलाई भित्र्याएको छ।
मानवअधिकार आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगलाई बलियो बनाउने बताएका छन्।
सीआईबीले नेपाल टी-२० लिगका क्रममा भएको भनिएको स्पट फिक्सिङमा १० जना दोषी रहेको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘सुपर प्रधानमन्त्री’ ठानेर गतिविधि गरेको बताएका छन्।
नामिबियाले दिएको १५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा विनाविकेटको क्षतिमा १५७ रन बनायो।
प्रहरीले रवि लामिछानेको राहदानीबारेको जाहेरी दर्ता नगरेको भन्दै युवराज पौडेलले सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए।
सांसद सुमना श्रेष्ठले संसद्मा प्रश्न गरेकी छन्– बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?
बसमा यात्रु कम भएको र सिधै पानीमा खसेकाले ठूलो क्षति हुन नपाएको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताएका छन्।
यातायात मजदुरको जायज माग सम्बोधन गर्नसमेत डा. महतले सरकारसँग माग गरे।
एक जना केन्द्रीय सदस्यलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। उनीहरूले पालिकामा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने छन्।
पछिल्लो चार महिनामा ४३९ जना बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्।
अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ।
अवैध दोहनका कारण नदीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि तटबन्ध बनाइएको हो। कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेको छ।
पीएसजीको घरेलु मैदानमा ८२औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरे पनि भीएआरले मान्यता दिएन।
बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतीय प्रशिक्षक प्रभाकर चार महिनामै फर्केपछि पुरानै भूमिकामा मौका पाएका कुशलले कप्तान रोहितसँग १३३ रनको कीर्तिमानी साझेदारी गर्दै नामिबियारुद्धकाे जितमा महत्त्वपूर्ण भूमिका खेले।