नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।
दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गरेको लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि अझै टुङ्ग्याएको छैन।
ट्राफिक प्रहरीले नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाएको छ।
हवाइ दुर्घटना हुनसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको अवज्ञा गर्दै चंगा उडाएको पाइए कारबाही गरिने प्राधिकरणले जनाएको छ।
टुकुचासँग सम्बन्धित आधिकारिक कागजात पुरातत्त्व विभागसँग छैन। सामाजिक सञ्जालमा भाइरल बनेको कागजातलाई विभागले आधार मानेर अध्ययनका लागि पठाएको छ।
सोमबारदेखी हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको छ।
अमेरिकी ग्लोबल पब्लिक अफेयर्स मामिलामन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन्। नेपालमा रहँदा उनले विभिन्न कार्यक्रममा भाग लिनेछिन्।
सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानून निर्माणमा रचनात्मक र सिर्जनात्मक क्षमताको परख गर्ने वातावरण नबनेको बताएका छन्।
इरानमा जारी सरकारविरोधी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानको सरकारी मिडियाले भने सुरक्षाकर्मीसहित ४१ जनाको मृत्यु भएको दाबी गरेको छ।
ट्राफिक प्रहरीले अवस्था ठीक नभएका बस, टेम्पो, माइक्रो बस, डिआई गाडीलगायतका ३५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने ३१ वटालाई नियन्त्रणमा लिएको छ।
साउदी अरबका राजा सलमानले जेठा छोरा राजकुमार मोहम्मद बिन सलमानलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यसघि उनी साउदीका रक्षामन्त्री थिए।
निर्वाचन आयोगले आगामी मसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ।
भारतमा बनेपनि आइफोन १४ सस्तो भने हुनेछैन। उच्च आयात शुल्क र अन्य करका कारणले गर्दा मूल्य महंगो नै पर्नेछ।
हरिकृष्ण कार्कीले कामु प्रधानन्याधीशको जिम्मेवारी पाएका छन्। सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रूपमा कार्कीले उक्त जिम्मेवारी पाएका हुन्।
मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्यक्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर गरेर पक्रिया अगाडि बढाएको बताएका छन्।
निर्वाचन आयोगले आगामी मसिर ४ गते हुने निर्वाचनका लागि स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा जुलुस, आमसभा वा भेला गर्न रोक लगाएको छ।
स्वास्थ्य केन्द्रको संगठन संरचनामा असमान भएको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले तत्काल माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
पसाउने बेलाको धानमा रोग लागेपछि तनहुँको म्याग्दे गाउँपालिका–७ का किसानहरू चिन्तित भएका छन्।
‘रसिया र चीनबाट फैलिएको मिथ्या सूचनालाई प्रतिवाद’ गर्न कार्यवहाक सहायक विदेशमन्त्री ट्रुडोले नेपाललगायत देशको भ्रमण गर्न लागेकी हुन्।
काठमाडौं महानगरपालिकाका भित्री बजारमा उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले दशैँलक्षित बजार अनुगमन गरेको छ। दशैँपछि पनि अनुगमनलाई निरन्तरता दिइने उनले बताइन्।