AnonymousUser

Logout

चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य पूरा हुँदैन: अर्थमन्त्री

अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्रमा संकट देखिएको बताए। 

'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने

'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय युवा संघ, नेपालले जनाएको छ।

बजेटको आकार २ खर्ब ४४ अर्ब घट्यो

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्र खर्च हुन सक्ने जनाएका छन्।

नेप्से ६०.७७ अंकले घट्यो, ३ अर्बको कारोबार

आइतबार ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

निजामतीभित्रको ‘रोग’: पदमा रहँदा जसलाई सघाए, अवकाशपछि तिनैको जागिरमा

निजामती सेवामा रहँदासम्म गैरसरकारी संस्था वा व्यापारिक कम्पनीको हितमा काम गरेका कतिपय पूर्व उच्च पदस्थ अवकाश वा राजीनामालगत्तै कानूनविपरीत तिनै संस्थामा काम गर्न गएका छन्।

सरकारले प्रणाली परिमार्जन नगर्दा राष्ट्रपतिले गाली खानुपर्‍यो : रघुजी पन्त

एमाले सांसद रघुजी पन्तले सरकारले सवारी व्यवस्थापन गर्न नसक्दा राष्ट्रपति संस्था विवादमा तानिएको भन्दै असन्तुष्टि जनाए।

विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने

सरकारले विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा व्यवस्थापन कार्यविधिलाई परिमार्जन गर्ने भएको छ।

टर्की भूकम्पको सातौँ दिन : मृतकको संख्या २८ हजार पुग्यो, लुटपाट र असुरक्षा बढ्यो

टर्की–सिरिया भूकम्प प्रभावित क्षेत्रमा लुटपाट र अपहरणका घटना बढेका छन् भने केही स्थानमा अज्ञात समूहहरूबीच झडप  भएपछि उद्धार कार्य रोकिएको छ।

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री दाहाल विकास आयोजनाको अनुगमन र निरीक्षणका लागि सोमबार कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ। 

महिला फुटबल टोली भारततर्फ, प्रशिक्षक थापा भन्छन्– दुवै खेलमा भारतलाई हराउँछौँ

एन्फाले भारत जाने २३ सदस्यीय महिला फुटबल टोलीको आइतबार बिदाइ गरेको छ।

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकार तयार भएकाे छ।

गठबन्धन पूर्ववत् सहमतिअनुसार अघि बढ्छ : राजेन्द्र लिङ्देन

बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्‌देनको भनाइ छ।

‘ओपीडी’ बन्द भएपछि बिरामीको बिचल्ली (तस्वीरहरू)

आन्दोलनरत चिकित्सक संघ र सरकारी टोलीबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ।

आन्दोलन फिर्ता लिएर काममा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह घाइते भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ। 

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आइतबार शपथ

लुम्बिनीमा शनिबार नियुक्त भएका सात र पुस २७ गते नियुक्त भएका दुईसहित नौ जना मन्त्रीको कार्य विभाजन भएको छ।

क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

रियल मड्रिडले साउदी क्लब अल हिलाललाई ५–३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको छ।  

पश्चिमी वायुको प्रभाव : लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना

दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने छ। 

विवेकशील साझाको अध्यक्षमा समीक्षा र महासचिवमा रन्जु सर्वसम्मत

विवेकशील साझा पार्टीको निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत चयन भएका छन्।

राजनीतिक चलखेलले कांग्रेस सरकार बाहिर बस्न बाध्य भयो : प्रकाशशरण महत

सरकारले जनता र देशको हितविपरीत कार्य गरेमा कांग्रेसले खबरदारी गर्ने प्रवक्ता महतको भनाइ छ।