प्रतियोगितामा १७ इभेन्ट्समध्ये नेपाल पुलिस क्लबले सर्वाधिक १० स्वर्ण जित्न सफल भयो। यस्तै, एपीएफले ६ स्वर्ण जित्दा आर्मीले एक स्वर्ण पदक निकाल्यो।
कानून कार्यान्वयन गर्नुपर्ने सुरक्षा निकायहरू बिनाकानून नै ‘भीभीआईपी सवारी’का नाममा नागरिकमाथि सास्ती थोपरिरहेका छन्।
आइतबार बिहान ७ बजे व्यवसायीसँगको समन्वयमा आगलागीबाट भएको क्षति विवरण संकलन गरिने एसपी केसीले जानकारी दिए।
मुख्यमन्त्री गिरीले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला मन्त्रालय छनोटमा असन्तुष्टि जनाउँदै मन्त्री केसीले राजीनामा दिएकी छन्।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने संघले निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दालाई उच्च प्राथमिकता दिने बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनु नै एमालेका लागि धक्काको शुरूआत भएको दाबी गरे।
चिकित्सकमाथि लाठी चार्जको विषयलाई लिएर वरिष्ठ प्रहरी हवल्दार गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
हाल प्रचलनमा रहेका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सुधार गरी नयाँ ऐन संसद्बाट पारित गराउन सरकारले प्रयास गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन्।
जनकपुरधाममा रामजानकी मन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गंगा आरती, शिव, संकटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमान गढीलगायत मन्दिर अवस्थित छन्।
सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ सम्मको प्रदर्शनका आधारमा उत्कृष्ट तीन जना छनोट गरिएको हो।
चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै सडक किनारमा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङको सुविधासमेत उपलब्ध हुने छ।
दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्।
महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पारस चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
विश्व स्वास्थ्य संगठनले टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका बताइएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट उदाएका विवेकशिल नेपाली दल र साझा पार्टी एक भएर विवेकशील साझाको जन्म भएको थियो। पछिल्लो समय छिन्नभिन्न भएका यो पार्टीका नेता महाधिवेशनबाट फेरि जोडिएका छन्।
ललितानिवास जग्गा घोटाला प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालले थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
मस्यौदा समितिको बैठकमा फौजदारी अभियोगपत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पद कायमै राख्ने सहमति जुटेको छ।