सरकारले राष्ट्रिय गानका रचियता व्याकुल माइलालाई जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। यसअघि सरकारले उनलाई २५ हजार उपलब्ध गराउँदै आएको थियो।
सरकारले दशैँका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरेको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्च तहबाटै संविधान मिच्ने काम भइरहेको बताएका छन्। संघीयता मिच्ने क्रम रोक्नका लागि उन्नत लोकतन्त्र चाहिने समेत उनको भनाइ थियो।
धनकुटाबाट प्रतिनिधिसभामा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हेमराज भण्डारीको समर्थन गर्दै नेकपा माओवादी केन्द्रको जिल्ला कमिटीले सामूहिक राजीनामा दिएको छ।
माओवादी अध्यक्ष प्रचण्डले आफू समायोजित सेनाका माग पूरा गर्न तयार रहेको बताएका छन्। उनले चुनाव लड्न पाउनुपर्ने लगायत केही माग समायोजित सेनाका रहेको समेत बताए।
सर्वोच्च अदालतले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको छ। अदालतले रिटमाथि सुनुवाइ गर्दै अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको हो।
चितवनमा व्यवसायीहरूले चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेका छन्। किराना व्यवसायी संघले दसैँ, तिहार र छठ पर्व मूल्यसूची सार्वजनिक गरेको हो।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा आरजु देउवा राणा, मञ्जु खाणदेखि व्यापारीसम्म अटाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेकाले बाटो फराकिलो गर्ने नाममा संरचना भत्काउन नहुने बताएका छन्।
स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवार दिएक तर खर्च विवरण नबुझाएका ५०७ जनालाई आयोगले साढे १ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म जरिवाना तोकेको हो ।
सत्ता गठबन्धनले प्राथमिकतामा नराखेपछि लोसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ।
कांग्रेस नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसले देशको नेतृत्व गर्ने मौका पाए संघीयता कार्यान्वयन र सुशासनका क्षेत्रमा जनताले महसुस हुनेगरी काम गर्ने बताएका छन्।
सत्ता गठबन्धनले प्राथमिकतामा नराखेपछि लोसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताएका छन्।
अमेरिकामा रहेका नेपालीहरूको फुटबल प्रतियोगिता ओहायो इन्ट्रा कपमा एफसी युनाइटेड फाइनलमा पुगेको छ। यस प्रतियोगितालाई प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइन्छ।
कोरियाबाट फर्किएकाको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि कोरिया सरकारले नेपाललाई एक करोड ६० लाख अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने भएको छ।
पुरातत्त्व विभागले बनाएको अध्ययन समितिले टुकुचा खोलामा वीरशमशेरको शासनकालमै सुरुङ बनेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
नागरिकता विधेयक पारित नगरेको भन्दै राष्ट्रपतिविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाइ असोज ९ गते मात्रै हुने भएको छ। राष्ट्रपतिको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेका छन्।
निर्वाचन ऐनमा प्रदेशसभाको कार्यकालबारे स्पष्ट व्यवस्था नहुँदा अन्योल देखिएको छ। खासगरी सपथग्रहण गरेको दिनलाई अन्तिम मान्ने कि, प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई भन्नेमा अन्योल देखिएको हाे।
तिब्बत क्षेत्रमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। पछिल्लो समय नेपालबाट मानसरोवर जाने दर्शनार्थीको संख्या बढेपछि यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको छ।