AnonymousUser

Logout

राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणीकरणलाई अवैधानिक भन्न मिल्दैनः सर्वोच्च

प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएका कारणले संसद्बाट पारित भएको नागरिकता विधेयक निष्क्रिय हुन्छ वा शून्यमा जान्छ भन्न नमिल्ने सर्वोच्च अदालतको ठहर छ।

सदनमा अमरेश सिंहको प्रश्न: निजगढ विमानस्थल भैँसी चराउनका लागि हो?

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन  नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको भनाइ छ।

महोत्तरीमा पाउन थाले जन्मसिद्धका सन्तानले नागरिकता

जन्मसिद्धको सन्तानलाई शुक्रबारदेखि नागरिकता वितरण शुरू गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उकालोलाई जानकारी दिए।

लागुऔषध कारोबारमा संलग्न ५ विदेशीसहित १२ जना पक्राउ

नेपाल प्रहरीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेकाे छ। उनीहरूको साथबाट बरामद लागुऔषधको बजारमूल्य दुई करोड ३३ लाख रहेको एसपी चक्रराज जाेशीकाे भनाइ छ। 

इन्जिनियरिङ सर्भेविना सडक खन्ने काम तत्काल बन्द गर्नुपर्छ: रामहरि खतिवडा

पहाडी भेगमा डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेको सांसद खतिवडाको भनाइ छ।  

रुसी सेनामा नेपाली युवाको संलग्नताबारे प्रधानमन्त्रीको जवाफ– सरकारको ध्यान गएको छ

एमाले सांसद अच्युतप्रसाद मैनालीले रुस–युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै, बजेटमाथिको छलफल पनि जारी रहने

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।

कराँची बन्दरगाह यूएईलाई हस्तान्तरण गर्दै पाकिस्तान, वार्ता समिति गठन

पाकिस्तानका अर्थमन्त्री इशाक डारको अध्यक्षतामा बसेको बैठकले कराँची पोर्ट ट्रस्ट र यूएई सरकारबीच व्यापारिक सम्झौताका लागि वार्ता गर्न समिति गठन गरेको छ।

पोखरामा ड्रागन बोट रेस महोत्सव, चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्य

बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले गर्नेछन्। यो रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको हो। महोत्सवमा नेपाली र चिनियाँ खाना तथा चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षणका रूपमा छन्।

टाइटानिकको भग्नावशेष हेर्न जाँदा बेपत्ता यात्रुको मृत्यु

अमेरिकी तटरक्षकका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

ओखलढुंगाको चम्पादेवीमा पहिरोले ७ घर बगायो, एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ। 

गोरखामा जन्ती बोकेको जिप दुर्घटना: ५ जनाको मृत्यु, १२ घाइते

कोटगाउँबाट बेहुली लिएर पोखरीडाँडा फर्कँदै गरेको जिप सिलिङखोलामा दुर्घटना भएको छ।

कस्तो छ शुक्रबारको मौसम?

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जापानमा जागिर खोज्दा नै लैंगिक विभेद : सर्वेक्षण

राष्ट्रव्यापी सर्वेक्षणले ३२.८ प्रतिशत उत्तरदातामध्ये ३०.१ प्रतिशत पुरुष र ३५.७ प्रतिशत महिला यौनिकताबाट पीडित रहेको देखाएको छ।

विश्वकप छनाेट: नेपालको ‘सुपर सिक्स’ यात्रा नेदरल्यान्ड्ससितको खेलमा निर्भर

जारी प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध १०१ रनको हार बेहोरेसँगै ‘सुपर सिक्स’मा पुग्ने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली टोलीलाई नेदरल्यान्ड्सको खेलमा भर पर्नुपर्ने भएको छ।

संघ र स्थानीय सरकारबीच टकराव बढाउने सरकारी भवनको नक्सा विवाद के हो, किन बढ्दैछ?

संघीय सरकारले नक्सापास नगरी भवनहरू बनाउन थालेपछि स्थानीय सरकारहरूले हस्तक्षेप बढाएका छन्। यसले संघ र स्थानीय सरकारबीच शक्तिको द्वन्द्व चर्किंदै गएको छ। 

सीमावर्ती क्षेत्रमा किन सस्तो भयो भारतीय रुपैयाँ?

सीमाका भारतीय बजारमा ६ महिनाअघि १०० भारु साट्न १६६ रुपैयाँसम्म तिर्नुपर्थ्यो। अहिले त्यति नै भारु १५४ रुपैयाँमा पनि पाइन्छ। रक्सोलका व्यापारीले नेपालका बैंकको क्यूआर कोड राखेरै नेपाली रुपैयाँ लिन्छन्।

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्रीसहित ५ जना सवार गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानूनसचिव गंगाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन भएको छ।

साफ : लेबनानसँग बंगलादेश पराजित

साफ च्याम्पियनसिपको पहिलो खेलमा लेबनानले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको छ।‍

एकीकृत समाजवादीका सांसद यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

एकीकृत समाजवादीको संसदीय दलको बैठकमा सांसदहरूले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका छन्।