किसानले शुरूमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए। पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा जी–नाइन जातका केरा लगाएका छन्।
सत्ता गठबन्धनभित्रै ‘समाजवादी मोर्चा’ बनाइएपछि गठबन्धनका दलहरूभित्र समस्या पैदा भएको भन्ने चर्चापछाडिको कारण के हो? अहिलेको समीकरण फेर्न कति सम्भव छ?
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ।
एमाले सांसदले गठबन्धनभित्रको अन्तर्द्वन्द्वले सरकार ढल्ने टिप्पणी गर्दा तत्काल दाहाल नेतृत्वको सरकारको विकल्प नरहेको माओवादी केन्द्रका सांसदको प्रतिक्रिया छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी तौल गर्नका लागि निकालेको छ।
कृषिमन्त्री डा. वेदुराम भुसालले सरकारले लिएको उद्देश्यअनुसार दुग्ध विकास बोर्डलेले काम गर्न नसकेकाले खारेज गर्न लागिएको बताएका छन्।
सरकारले चालु आर्थिक वर्ष करिब १०० वटा स्टार्ट-अपलाई १ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण दिने प्रक्रिया थालेको छ। तर, अघिल्ला वर्ष कार्यविधि बनाएर पनि बजेट खर्च गरिएको थिएन।
प्रस्तुत बजेट कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सबै किसिमका कार्यविधिहरू आर्थिक वर्षको भदौ महिनाभित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
भरतपुर महानगरपालिकाले शहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ।
कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो त्यसको विश्लेषण जरुरी रहेको बताएका छन्।
कांग्रेस नेता शशांक कोइरालाले कांग्रेसलाई बचाउनका लागि शुभेच्छुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए।
पोखरालाई कार्बन तटस्थ शहर बनाउने, अत्याधुनिक फोहोर मैला संकलन केन्द्र सञ्चालन गर्ने, प्लास्टिकको वैकल्पिक प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा राखिएको छ।
आइतबार २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको करोबार भएको छ।
महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले आइतबार १२औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।
नियमित खर्च धान्न मुस्किल भएर सरकारको ढुकुटीमा चाप परे पनि लुम्बिनी प्रदेश सरकारले अनावश्यक र फजुल शीर्षकमा पहिलाजस्तै बजेट विनियोजन गरेर राज्यकोषको दोहनलाई निरन्तरता दिएको छ।
महानगर क्षेत्रको संस्कृति, सम्पदा एवं पर्यटन कार्यक्रमका लागि क्रमागत योजनासहित २ अर्ब १३ करोड ७६ लाख बजेट छुट्याइएको छ।
सन् २०२२ सेप्टेम्बरमा परीक्षा दिएर पास भए पनि अझै कोरिया जान नपाएको श्रमिकहरूको गुनासो छ।
रुसको निजी सैनिक समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले नेतृत्व गरेको सशस्त्र विद्रोह शुरु भएको ४८ घण्टाभित्रै 'फिर्ता' भएको छ। प्रिगोजिन रुस छाडेर छिमेकी देश बेलारुसतर्फ लागेका छन्।
सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने लेखकको भनाइ छ।