AnonymousUser

Logout

रास्वपाले खोजेको ‘फराकिलो ठाउँ’

दुईतले कार्यालय ६ तलाको भवनमा सारेर पार्टीलाई चाहिएको फराकिलो ठाउँको सन्देश दिँदै गर्दा रास्वपाले राष्ट्रिय राजनीतिमा 'फराकिलो स्पेस' बनाउने विचारधाराको दस्ताबेज भने अचानक थाती राखिदिएको छ।

हिसान शैक्षिक मेला नरोक्न काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालत पाटनको आदेशसँगै काठमाडौँ महानगरले हस्तक्षेप गरेर बन्द गराएको शैक्षिक मेला गर्न हिसानलाई बाटो खुलेको छ।

मधेशबाट आएका ‘मिटरब्याजीहरू’को माइतीघरमा धर्ना

पीडित लेनदेन संघर्ष समितिका नाममा माइतीघरमा प्रदर्शनमा उत्रिएका मिटरव्याजीहरूले लेनदेन कारोबार सहज गर्नुपर्ने, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम नै फिर्ता हुनुपर्ने लगायत माग राखेका छन्।

साइबर अपराध र बैंकिङ कसुरका मुद्दामा शुरू कारबाही अब सबै जिल्ला अदालतबाट

अहिले साइबर अपराध सम्बन्धी शुरू कारबाही काठमाडौँ जिल्ला अदालतबाट हुने गरेको छ। त्यस्तै, बैंकिङ कसुरका मुद्दाहरूको शुरू कारबाही उच्च अदालतबाट हुने गरेको छ।

साफ च्याम्पियनसिप: नेपाल पहिलो खेलमा कुवेतसँग पराजित

कुवेतका लागि कप्तान खालिद हजिया, शबइब अल-खल्दी र मोहम्मद अब्दुल्लाहले गोल गरे। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल फर्काए।

आफू आएपछि नेपाल वायुसेवाले ४ अर्ब नाफा गरेको पर्यटनमन्त्रीको दाबी कति सत्य?

मन्त्री किरातीले दाबी गरेजस्तो उनी आएपछि मात्र निगमले सञ्चालन नाफा गरेको होइन। गत आर्थिक वर्ष पनि निगमको सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँ थियो।

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो

गत वैशाख महिनामा सरकारले यो आर्थिक वर्षकै सबैभन्दा धेरै ६७ अर्ब ७० करोड आन्तरिक ऋण उठाएको थियो।

होन्डुरनको महिला कारागारमा दंगा भड्किँदा ४१ कैदीको मृत्यु

दुई प्रतिद्वन्द्वी समूहबीच हिंसा भड्किँदा एउटा समूहले जेलको सेलमा आगो लगाइदिएपछि अधिकांशको जलेर मृत्यु भएको छ। कतिपयलाई भने गोली लागेको छ र केहीलाई छुरासमेत हानिएको छ।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निणर्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

चलाउनेमाथि २०७७ असोज २० गते नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाई समिति अध्यक्ष हरी आचार्य तथा योगेन्द रावलसहितका पाँच जनाले आक्रमण गरेका थिए।

क्रिकेट संघबाटै बिथोलिए ‘फ्रेन्चाइज लिग’, फेरि हुने नहुने टुंगो छैन

क्यानले आधिकारिक फ्रेन्चाइज लिगका नाममा आयोजना गरेको नेपाल टी२० लिग पहिलो संस्करणमै विवादित भयो। अन्य तीन वटा लिग पनि पुरानै स्वरूपमा खेलाउन रोकिएपछि नेपाली क्रिकेट लिगबिहीन हुने अवस्थामा छ।

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

पछिल्ला घटनाक्रममा बालेनले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले राजीनामा दिएको अर्यालले बताएकी छन्।

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

उद्योगले २०७४/७५ मा एक लाख छ हजार ३३२ मेट्रिक टन सिमेन्ट बिक्री गरेर १६ करोड ३६ लाख नाफा कमाएको थियो। यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्यांकले देखाएको छ। 

प्रदेशका मन्त्रीको निधन भए प्रतिनिधिसभा बैठक स्थगित हुने

बुधबार बस्ने प्रतिनिधिसभा बैठक सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ। 

योगसम्बन्धी अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ: प्रधानमन्त्री

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९:०६ मिनेटमा अवतरण भएको हो। जहाज चीनको छेन्दुबाट १३० जना यात्रु बोकेर पोखरा आएको हो।

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो।

टाइटानिक हेर्न गएका पर्यटक चढेको पनडुब्बी बेपत्ता, खोजी तीव्र

टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा बेलायत र पाकिस्तानका पाँच जना धनाढ्य सवार छन्। पनडुब्बीको खोजीका लागि अन्तर्राष्ट्रिय विमान र जहाजहरू प्रयोग गरिएको 'यूएस कोस्ट गार्ड'ले जनाएको छ।

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, सिचुआन एयरलाइन्सको जहाज आउँदै

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा फेवातालमा हुन लागेको फेस्टिभलमा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी १३५ यात्रु पोखरा ओर्लने बताइएको छ।

साफ : बलियो टोली कुवेत, नडराएको प्रतिद्वन्द्वी नेपाल

कुवेतले नेपालविरुद्ध दबदबाको रेकर्ड नै राखेको छ। दुवै टोलीले कुल ९ पटक एक अर्कासँग खेलेका छन्। जसमा कुवेत ८ पटक विजयी भएको छ भने १ खेल बराबरीमा टुंगिएको छ।

बजारसँग यातायात सम्पर्कविच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव

ताप्लेजुङमा बाढीपहिरोमा परी तीन जनाको निधन भएको छ। एकै परिवारका तीन जना बेपत्ता छन्। दर्जनबढी मोटरेबल तथा झोलुंगेपुल बगाउँदा आवतजावत ठप्प बनेको छ।