राष्ट्रपतिको उम्मेदवार र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको एमालेले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्।
आवाससम्बन्धी नियमावली नबन्दा राज्यका निकायहरूले स्वेच्छाचारी ढंगले पटकपटक सुकुमवासी बस्तीमा ज्यादती गर्ने गरेका छन्।
बुधबार नेपाल बार एशोसिएसनले पूर्वन्यायाधीश वा प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको थियो।
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ।
धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा कृषक समूहले ४४ रोपनीमा २० मुरी आलुको बीउ रोपेका छन्। २० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक खेती गरिएको हो।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको थियो।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ।
जहाजमा जडित प्रणाली चालक दलले उपयोग गर्न नसक्दा पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ।
सन् २०२२ मा चार करोड ६० लाख पर्यटक भित्र्याएको साउदीले सन् २०३० भित्र वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्यसहितको बृहत् र खर्चिलो परियोजना अघि सारेको छ।
प्रदेश १ र गण्डकीमा आंशिक बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कांग्रेस र माओवादीबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउनेबारे औपचारिक निर्णय नभएको बताएका छन्।
दक्षिणी छिमेक, ‘भारतको दूत’ बनेर आएका विदेश सचिवको मन्त्रणापछि राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे अन्योल बढिरहँदा उत्तरी छिमेक, चीनका राजदूत पनि सक्रिय बनेका छन्।
एमाले अध्यक्ष ओलीले केही दिनअघि राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माधव नेपालको नाम प्रधानमन्त्री दाहालसँग प्रस्ताव गरेका थिए। बुधबार दाहाल पनि सहमत भएपछि एकीकृत समाजवादीले सक्रियता बढाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनसँगको युद्ध कहिले पनि जित्न नसक्ने दाबी गरेका छन्।
काठमाडौँ जिल्ला अदालतले स्पट फिक्सिङको आरोप लागेका मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्तालाई तीन-तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
गत आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको भन्सार विभागको तथ्यांक छ। यो अवधिमा आयात निरन्तर दोहोरो अंकले घटिरहेको छ।
फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि फोटोग्राफी महोत्सव हुने भएको छ।
सर्वोच्च बार एशोसिएशनले पूर्व न्यायाधीश वा प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।