वाग्नर प्राइभेट मिलिटरी कन्ट्र्याक्टरका प्रमुख प्रिगोजिनले शनिबार बिहान आफूसहित आफ्ना सेनाहरू युक्रेनबाट फर्किएर रुसको प्रमुख शहर रोस्टोभ-अन-डनमा पुगेको बताएका छन्।
कालीगण्डकीको इतिहास, धार्मिक सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने योजनाका साथ नदी किनारमा पैदलमार्ग बनाउन लागिएको हो।
निष्ठाका साथ काम गर्दा २०८४ सालमा रास्वपा पहिलो पार्टी बन्ने दाबी लामिछानेको छ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अमेरिकालाई ६ विकेटले हराएको थियो।
निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराश भएको थापाको भनाइ छ।
अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनको गोठमा गएराति परेको चट्याङ लागेर ४५ भेडा मरेका छन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारअन्तर्गत हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप गरिने र त्यसका लागि ‘नो ब्याग, नो बुक’ कार्यक्रम ल्याइएको छ।
नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने ठाउँ हो, दोलखाको जिरी। काठमाडौँबाट २०० किलोमिटरमा दूरीमा रहेको जिरीमा गर्मी छल्न विभिन्न जिल्लाबाट पर्यटक आउने गर्छन्।
गत वर्षदेखि ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाले जनाएको छ। सोही स्थानमा डल्फिनलाई तालिम दिइरहेकाे दाबी गरेको छ।
ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा पहिरोले पुरिएर बेपत्ता भएका एकै परिवारका तीन जना सात दिनसम्म पनि नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।
गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा दुवैजना डुबेको हुनसक्ने प्रहरीले जनाएको छ।
मनसुनको समयमा बाढीपहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रानका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्र प्रभावित हुने सम्भावना छ।
२०६८ सालयता ७३ जनाले जातकै कारण ज्यान गुमाएका छन्। तीमध्ये ५० जनाको हत्या भयो जसमा १३ बालिका बलात्कारपछि मारिएका थिए। १० जनाले त राज्यको न्यायिक हिरासतभित्रै मृत्युवरण गर्नुपर्यो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझावअनुसार सरकारले करमा ऐन तथा नियमअनुसार सहजीकरण गरिएको बताएका छन्।
काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ। नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो।
एमाले सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका छन्।
गुएराका अनुसार सुआरेजले आफ्नो चोटबारे धेरै पटक जानकारी दिएका थिए। चोट गम्भीर रहेको आशंका गर्दै सुआरेजको घुँडाको शल्यक्रिया पनि आवश्यक पर्न सक्ने उनले बताए।
सत्तारूढ दल एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी गर्दै उनलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन्।
श्रीलंकाले आईसीसी एक दिवसीय विश्वकप छनोटमा ओमानलाई पराजित गरेको छ। ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा विकेटको क्षतिबिना १०० रन बनायो।
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुनेभन्दा पनि सत्ता टिकाउने काममा अलमलिएको आरोप लगाए।