संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा शाक्यले मनोनयन दर्ता गराएकी हुन्।
संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै लगाउनुपर्ने सापकोटाको भनाइ छ।
तेस्रो कार्यकाल सम्हाल्नुअघि सी चिनफिङले चीनले निजी क्षेत्रको गुणस्तर बढाएर अर्थतन्त्रलाई प्राथमिकता दिने बताएका छन्।
गठबन्धन बैठकले साझा उम्मेदवार तय गर्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।
शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
सडक र ढल बनाउने निकायबीच समन्वय हुन नसक्दा यस्तो समस्या भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठकाे भनाइ छ।
यसपटकको स्ववियु निर्वाचनमा सबैभन्दा धेरै मतदाता पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा (१० हजार ८७० जना) छन्।
उदयपुरको रौतामाई–८ पाखाटोल स्थित रामबहादुर मगरको घरमा आगो लाग्दा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको छ।
निर्वाचन आयोगले बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
उपराष्ट्रपति उम्मेदवार महिला या अन्य (तेस्रो लिंगी)बाट हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइले विवाद निम्त्याएको छ। उनको भनाइ संविधानसँग मेल नखाने आठ दलीय गठबन्धनका नेताहरूको दाबी छ।
‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन, २०७९’का वक्ताहरूले जटिल अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न यसको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।
शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।
सरकारले किसानलाई कृषि प्रयोजनका लागि महसुल छुट हुनेगरी छुट्टै मिटर जडान गरिदिने व्यवस्था गरे पनि विद्युत प्राधिकरणले भने नदिनका लागि अनेक बहाना बनाउने गरेको किसानको गुनासो छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा १० अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको बताएका छन्।
कांग्रेस उपसभापति खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकूल नरहेको बताएका छन्।
चन्दले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताएका छन्।
थ्रीस्टारले नवप्रवेशी एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टारले ३ खेलबाट ४ अंक जोडेको छ।
पपुवा न्युगिनीले दिएको २४७ रनको लक्ष्य पछाएको यूएई ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमै समेटियो।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम आदेश जारी गर्नु पर्ने वा नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रधानमन्त्री दाहाललगायत विपक्षीलाई आदेश दिएको छ।