वायु प्रदूषण नियन्त्रणका लागि करबापत सरकारले १५ वर्षमा साढे १६ अर्ब जम्मा गरिसकेको छ। तर रकम खर्च गर्न कार्यक्रम छैन। जबकि, सरकारकै तथ्यांकमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजारभन्दा बढीको मृत्यु हुन्छ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन गरेको आयोगको म्याद तीन महिना थप गरेको छ।
मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको छ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूविरुद्धको मुद्दामा वारेश राख्न अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए।
अघिल्ला वर्षहरूमा रेडियो फ्रिक्वेन्सीबाट वार्षिक तीनदेखि साढे तीन अर्बका दरले रोयल्टी उठेको थियो। चालु वर्ष संकलित यस्तो रोयल्टी रकम आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहलाई बाँडिने छ।
मन्त्री गुरुङले शहर व्यवस्थित बनाउने भनेर घरहरूलाई भत्काउन सक्ने अवस्था नभए पनि सरकारले बनाएको गुरु योजनाले व्यवस्थित बनाउन र बेथिति हटाउन सहयोग गर्ने बताइन्।
पक्राउ परेका दुवै जनामाथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ।
पर्यटनमन्त्री सुदन किरातीले छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।
कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका छन्।
पर्याप्त अध्ययन र सम्भावित जोखिमको मूल्यांकन नगरी हतारमा जलविद्युत् आयोजना निर्माण गर्दा जलवायुजन्य प्रकोपका कारण बर्सेनि अर्बौं रुपैयाँको लगानी जोखिममा पर्दै गएको छ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले अहिलेको बजेट आशावादी नरहेको र आवश्यकताअनुसार नआएको दाबी गरिन्।
डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो।
डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो।
अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरूको पहिचान हुन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
भक्तपुरको थिमीस्थित कोरियामैत्री अस्पतालसँगै १५० शय्याको अस्पताल बनाउन कोरियाले सहयोग गर्ने भएको हो। अस्पताल सन् २०२७ सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको छ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म ९ खेल भएकामा ८ खेलमा नेपाल विजयी भएको छ। यी दुई टोली पछिल्लोपटक गत वर्ष काठमाडौँमा भएको साफ महिला च्याम्पियनसिपमा भिडेका थिए।
उक्त हेलिकप्टर बिहान १०:०५ बजे लुक्लाबाट उडेको थियो। तर, केही समयमै सम्पर्कविहीन भएपछि हेलिकप्टरको खाेजी शुरू गरिएकाे थियाे।
सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।