AnonymousUser

Logout

ललिता निवास प्रकरण: पक्राउ परेका सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

श्रममन्त्री भन्छन्– वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ

श्रममन्त्री शरत‍्सिंह भण्डारीले देशको परिस्थिति, रोजगारीको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देश विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए।

सुधिर बस्नेतले फिर्ता लिए मुद्दा, ओरेण्टल सहकारीको जग्गा बेचेर सर्वसाधारणको बचत फिर्ता गर्ने बाटो खुला

ओरेण्टल सहकारीले ४ हजार ३ सय बचतकर्ताको ३ अर्ब ५० करोड सावाँ फिर्ता गर्नुपर्ने देखिए पनि बस्नेतको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेशले सम्पत्ति बेचेर बचतकर्तालाई रकम फिर्ता गर्न रोकेको थियो।

बजेट नछुट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा

प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।

ठगी गर्ने सहकारीलाई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाएका छौँ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन्।

डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला

असारे र डोजरे विकासका कारण खेतीयोग्य भूमि पुरिनुका साथै पुल तथा पूर्वाधारमा क्षति पुग्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भनाइ छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक प्रतिवादी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी केशव तुलाधरलाई काठमाडौँको सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महिलालाई ‘उम्दा’ बनाउने अभियानमा जुटिरहेको एउटा स्थानीय तह

लुम्बिनी सरकारसँगको सहकार्यमा रोल्पाको त्रिवेणी गाउँपालिकाले महिला सशक्तीकरणका लागि २ करोड खर्च गरेको छ। तालिम तथा प्रशिक्षण लिएका २१० महिलाले हासिल गरेको उपलब्धि निरन्तर मूल्यांकन पनि गरिरहेको छ।

वडाध्यक्षको मृत्युमा गाउँपालिकाले दियो शोक बिदा

रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको बुधबार ‘स्क्रब टाइफस’का कारण मृत्यु भएको थियो।

रोजेको ठाउँमा सरुवा नपाए आत्महत्या गर्छु भन्दै डाक्टरहरू नै धम्क्याउँछन्: स्वास्थ्यमन्त्री 

डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नरहेको मन्त्री बस्नेतको भनाइ छ।

संसद् सचिवालयमा ‘चाइना एड’का विद्युतीय गाडी

चीन सरकारले अनुदानमा दिएका ती विद्युतीय गाडी संसद् सचिवालयले प्रयोग गर्ने बताइएको छ।

साउनदेखि बैंकले आफू अनुकूल निक्षेपको ब्याज तोक्न पाउने

हाल बैंकसँग करिब चार खर्ब लगानीयोग्य रकम (तरलता) रहेको छ भने कर्जा लगानी ठप्प जस्तै छ। सोही कारण बैंकहरू ब्याजदर घटाउनुपर्ने दबाबमा छन्।

राजदूत नियुक्ति छिट्टै हुन्छ: परराष्ट्रमन्त्री

स्थायी नियोग न्यूयोर्क तथा जनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त छ।

यमुना नदीमा ४५ वर्षयताकै ठूलो बाढी, दिल्लीका सडक जलमग्न

जीटी कर्नल रोड, आईटीओ, कश्मीरी गेट, निगम बोध घाट रोड, पुरानो फलामको पुलजस्ता ठाउँमा यमुनाको बाढी पसेको छ।

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पास गर्ने कार्यसूची

बिहान १० बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सन् २०३० सम्ममा खाद्य संकट अन्त्य हुने सम्भावना छैन: राष्ट्रसंघ 

सन् २०२२ मा विश्वका १० मध्ये तीन जना गरी करिब २ अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए।

बेँसीशहर–चामे सडक २ दिन बन्द हुने

बेँसीशहर–चामे सडकअन्तर्गत मनाङको चामे–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएपछि सडक अवरुद्ध भएकाे छ।

कोशी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका ‍केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्यालेष्टिनी नेता अब्बासद्वारा जेनिन शिविर पुनः निर्माण गर्ने प्रतिबद्धता

इजरायली सेनाले आक्रमण गरेर १२ प्यालेस्टिनी नागरिकको हत्या गर्नुको साथै बुल्डोजरले सयौँ घर भत्काइदिएका थिए। त्यसलगत्तै इजरायली नेताहरूले सो क्षेत्रको भ्रमण गरेका हुन्।