AnonymousUser

Logout

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

जेठ महिनामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएको राष्ट्र बैंकले जनाएको छ।

एमाले संसद्को अवरोध खोल्न सहमत, प्रधानमन्त्रीले सदनमा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने

सदनको गतिरोध हटाउन सिंहदरबारमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो। 

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको जनाएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

११ महिनामा राष्ट्र बैंकबाट ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत मात्र ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।

एशियन गेम्स: कमजोर तयारीले प्रशिक्षक चिन्तित, बजेट पर्खिंदै राखेप

नेपालले साढे २ महिनापछि हुने १९औँ एशियाडमा २९ खेलमा भाग लिँदैछ। तर भलिबल, बक्सिङ, रग्बी र एथ्लेटिक्सबाहेक अन्य २५ खेलको बन्द प्रशिक्षण शुरू नहुँदा प्रशिक्षक र खेलाडी निराश छन्।

पोखरामा पृथ्वीचोकदेखि विजयपुरसम्म सडक मापदण्डमा पर्ने संरचना हटाउन शुरू

सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ। पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंकको सहयोगमा चार लेनको बन्दैछ।

सोमबारलाई बोलाइएको राष्ट्रियसभा बैठक स्थगित, अब मंगलबार बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ। प्रतिनिधिसभाको बैठक भने सोमबार नै बस्दैछ।

मृग ठानेर बन्दुक पड्काउँदा साथीको 'गयो ज्यान'

भोजपुरको टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएपछि शवलाई अखुवा खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।

इमर्जिङ टिम्स एशिया कपबाट बाहिरिए आरिफ, पवन सर्राफलाई मौका

इमर्जिङ टिम्स एशिया कप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने आरिफ शेख पाँचौँ सिनियर खेलाडी हुन्। उनको स्थानमा राखिएका पवन सर्राफले विगतमा राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

हिमाली जिल्ला रसुवामा डेंगीका बिरामी

रसुवाको उत्तरतर्फ पर्ने हिमाली क्षेत्रमा डेंगीका एक बिरामी फेला परेका छन्। अहिले जिल्ला अस्पताल धुन्चेमा उनको उपचार भइरहेको छ।

सोमबार देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

सोमबार दिउँसो र राति देशका अधिकांश भागमा वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

बीबीसीका एक कर्मचारी निलम्बित

एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौँ पाउन्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ।

दलित समुदायमाथि बढ्दो हिंसाविरुद्ध प्रशासनिक पहल चाल्न गृहमन्त्रीलाई ज्ञापनपत्र

दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल चाल्न माग गर्दै ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।

अखाद्य सामग्री बेच्ने पसललाई काठमाडौँ महानगरले तिरायो डेढ लाख जरिबाना

काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्सलाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।

काठमाडौँको ‘राजनीति’ले भुङ्ग्रोमा परेका प्रदेश सरकार

प्रदेशलाई हेर्ने दल, नेता र समग्रमा काठमाडौँको सत्ताको दृष्टि हिजोदेखि नै तिनलाई खुट्टा टेक्न दिने खालको रहेन। अहिले त्यो संघीयताको अभ्यासलाई नै विकृत बनाउने तहमा देखा परेको छ।

मिटरब्याज पीडितलाई न्याय दिलाएरै छाड्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अध्यादेश आउनुभन्दा अगाडि आयोग बनाए काम गरिरहेकाले समस्या समाधान हुनेमा ढुक्क हुन मिटरब्जाज पीडितहरूलाई आश्वासन दिएका छन्।

सदन तीन नेताको मात्र होइन कुरा मिले चल्ने, नमिले नचल्ने: रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले प्रमुख तीन राजनीतिक दलहरूले संसद्मा सिन्डिकेट चलाउन खोजेको आरोप लगाएका छन्।

जलवायुजन्य विपत्तिबाट उत्पन्न संकट टार्न सौर्य ऊर्जालाई प्राथमिकता दिँदै सरकार

नदीमा आधारित जलविद्युत् आयोजनामा मात्र भरपर्दा बाढी–पहिरो र सुख्खाका कारण ऊर्जा संकट बढ्न सक्ने औँल्याउँदै सरकारले सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ।

अर्थमन्त्री भन्छन्–  मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र सहजरूपमा अघि बढ्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको परिवेशमा मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र सहज रूपमा अगाडि बढ्ने दाबी गरे।