विगत तीन वर्षदेखि बर्सेनि बर्खामा सास्ती दिने बागलुङ नगरपालिका–१० भकुन्डे दब्लाङको पहिराको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ।
मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगन भएको छ।
गत महिना एमबाप्पेले पीएसजीसँगको आफ्नो सम्झौता लम्ब्याउन नचाहेको बताएका थिए। पीएसजीले एमबाप्पेको निर्णयप्रति निराशा व्यक्त गर्दै उनलाई यो सिजन बेच्ने निर्णय गरेको छ।
११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने कांग्रेसले जनाएको छ।
शहर कस्तो छ भन्ने तस्वीर त्यहाँ पैदलयात्री हिँड्ने फुटपाथ कति व्यवस्थित छन् भन्ने कुराले देखाउँछन्। काठमाडौँ उपत्यका त्यसको उदाहरण हो जहाँ पैदलयात्रीका लागि बनाइएका फुटपाथ हिँड्दाहिँड्दै हराउँछन्।
पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमालेले जनाएको छ।
भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। तीमध्ये तीन वर्षीया बालिका र १९ वर्षीया युवतीको मृत्यु भएको छ।
यसअघि न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।
तिनाउ नदीमा आएको बाढीका कारण रुपन्देहीका तटीय क्षेत्रका बस्ती प्रभावित हुने जोखिम बढेको छ। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।
सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ।
वरिष्ठ सई उज्ज्वल पौडेल सोमबार राति ११:३० बजेतिर कार्यालय छेउको होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।
हुलाकी राजमार्गस्थित सिरहा र धनुषा जोड्ने कमल नदीमाथिको पुल १२ वर्षदेखि निर्माणाधीन छ। पुल नहुँदा बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई सास्ती हुने गरेको छ।
दुई प्रधानमन्त्रीबीच कृषि, जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
कतिपय सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थाल्ने मन्त्रालयले तयारी गरेको छ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले एक वर्षदेखि खाली रहेको आयोगमा नयाँ पदाधिकारी आएपछि पूर्वबालसैन्यको उजुरीमाथि अनुसन्धान हुने आश्वासनसहित रिट खारेजीका लागि सर्वोच्च अदालतसँग माग गरेको छ।
एन्फाले यू–१६ र यू–१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। रवीन्द्र सिलकार यू–१६ को र सुनिल श्रेष्ठ यू–१९ को मुख्य प्रशिक्षक नियुक्त भए।
युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दसौँ लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बंगलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पुगेको थियो।
बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड बनाइ ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।