AnonymousUser

Logout

१ जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री

नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीलगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।

कोशी, गण्डकी  र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ। 

डेंगुका बिरामी ४ हजार नाघे, सुनसरीमा मात्र २५ सय जनामा संक्रमण

डेंगु संक्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन्। ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन्।

प्रेम चलाउनेको मुद्दा यथाशीघ्र टुंग्याउन काठमाडौँ जिल्ला अदालतलाई सर्वोच्चको आदेश

सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको इजलासले मुद्दाको सबै अंग पुगिसको र मुद्दा पुरानो भइसकेको भन्दै यथाशीघ्र टुंगोमा पुर्‍याउन काठमाडौँ जिल्ला अदालतलाई आदेश दिएको छ।

चीनका विदेशमन्त्री गाङ पदमुक्त, वाङ यीले पाए नयाँ जिम्मेवारी

चीनको शीर्ष विधायिकाले चिनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ।

देउखुरीका दर्जन बढी घर डुबानमा

सोमबारदेखि लगातारको वर्षाले गर्दा देउखुरीको विभिन्न स्थानमा दर्जन बढी घर डुबानमा परेका छन् भने केही घर भत्किएका छन्।

गृहले गर्‍यो डीएसपी ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त भएको छ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

संसद्को हालत देखाउने ‘मिनि संसद्’ : दलीय हानथापले तीन महिनासम्म नेतृत्व नै पाएनन्

सदन नचलेका बेला संसद्को भूमिका बहन गर्ने संसदीय समितिहरूलाई दलहरूले कतिसम्म निरीह बनाएका छन् भन्ने प्रतिनिधिसभाका १० र संयुक्त सदनका २ विषयगत समितिले ३ महिनासम्म पनि नेतृत्व नपाउनुले छर्लङ्ग पार्छ।

सर्पले डसेका ८० प्रतिशत बिरामीले अस्पताल नपुग्दै ज्यान गुमाउँछन्

स्वास्थ्य सेवा विभागको पछिल्लो १० वर्षको तथ्यांकअनुसार वर्षको ७ हजार मानिसलाई सर्पले डसेको पाइन्छ। त्यसमध्ये विषालु सर्पको डसाइका घटना सरदर ८५० वटा छन् जसमा २०० को मृत्यु हुन्छ।

निर्वाचन खर्च सार्वजनिक नगर्ने २ हजार ४३५ जनालाई १५ हजारका दरले जरिबाना

निर्वाचन आयोगले गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारहरूलाई जनही १५ हजारका दरले जरिबाना गरेको छ।

देशको वर्तमान राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न विज्ञहरूको माग

सुरक्षाविद्हरूले राष्ट्रिय सुरक्षा नीति बनाउनुअघि संसद्मा व्यापक छलफल गराउने परिपाटीको विकास गर्न सरकारलाई सुझाव दिएका छन्।

भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य सकिन्छ: शेखर कोइराला

कांग्रेस नेता शेखर कोइरालाले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि धुमिल हुने टिप्पणी गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी ऐनको संशोधनमा पीडितका सरोकार नसमेटिए द्वन्द्व दोहोरिने विज्ञहरूको चेतावनी 

सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय र परिपूरणको पर्खाइमा १७ वर्ष बिताएपछि संसदमा पेश भएको ऐन संशोधन विधेयकमा द्वन्द्वकालीन मुद्दा फिर्ता लिन सकिने व्यवस्था राखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका छन्।

शेयर लगानीकर्ता भन्छन्– राष्ट्र बैंकले पुँजीबजारप्रति ‘इगो’ राखेर मौद्रिक नीति ल्यायो

शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकले शेयर बजारप्रति ‘इगो’ राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको आरोप लगाएका छन्।

भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ दृढताका साथ लड्नुपर्छ : प्रधानमन्त्री

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।

टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ।

ढिलो–चाँडो उच्च तहका नेताहरूको सम्पत्ति छानबिन हुन्छ: कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला–ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानूनी दायरामा ल्याइने बताएका छन्।

वेस्ट इन्डिजको टोलीमा हेटमायर र थोमसको पुनरागमन

वेस्ट इन्डिजले भारतविरुद्धको ३ खेलको एक दिवसीय सिरिजका लागि घोषणा गरेको टोलीमा ब्याटर शिमरोन हेटमायर र फास्ट बलर ओशाने थोमसले पुनरागमन गरेका छन्।

मंगलबार नेप्सेसँग घट्यो कारोबार रकम

नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा सीमित भएको छ। यस दिन नेप्सेसँग कारोबार रकम पनि घटेको छ।