AnonymousUser

Logout

सरकारले गठन गर्‍यो मिटरब्याजको समस्याबारे छानबिन गर्न समिति

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

'ए' डिभिजन लिग : संकटा र एपीएफ विजयी

'ए' डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलामा संकटाले खुमलटारलाई पराजित गर्दा एपीएफ पुलिसमाथि जित हात पार्दै पाँचौँ स्थानमा उक्लिएको छ।

राष्ट्रपतिलाई सल्लाहकार किन चाहिन्छन्, कति चाहिन्छन्?

​​​​​​​“राष्ट्रपतिलाई सल्लाह गर्ने मानिस नचाहिने होइन। तर, कति चाहिने र कस्ता मानिस चाहिने भनेर ध्यान दिनुपर्छ।”

भुटानी फुटबल टोलीका कप्तान चेन्चो मछिन्द्रमा

सम्झौतासँगै चेन्चो लिगको छैटौँ चरणमा मछिन्द्रको जर्सीमा देखिने छन्।

२५ लाख ऋण दिएर १३ करोड माग्ने साहुकार शर्मा पक्राउ

मिटरब्याज असुलीको आरोप लागेका सप्तरीका सुरेन्द्रप्रसाद शर्मा पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइको सप्तरी प्रहरीले जनाएको छ।

जेल सजायको फैसलाविरुद्ध राहुल गान्धीले दिए पुनरावेदन

मानहानि मुद्दामा दोषी ठहर गर्दै सेसन अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।

सरकारसँग सहमति गरेको २ दिनपछि मिटरब्याज पीडितको अर्को टोलीद्वारा काठमाडौँमा विरोध प्रदर्शन

सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग सहमति गरेको दुई दिनपछि अर्को टोली काठमाडौँ आएर आन्दोलन शुरू गरेको छ।

नेप्से १६.६७ अंकले घट्दा कारोबार ९२ करोडमा खुम्चियो

सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको छ।

रुसी नियन्त्रणमा रहेका अमेरिकी पत्रकारलाई रिहा गर्न विदेशमन्त्री ब्लिनकेनको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग वाल स्ट्रिल जर्नलका पत्रकार गेरस्कोभिचलाई तत्काल रिहा गर्न माग गरेका छन्।

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार पेसी

रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए।

१० हजार विदेशी श्रमिक नेपालमा, अमेरिका र बेलायतबाट पनि ल्याइन्छन् दक्ष जनशक्ति

नेपालका ठूला परियोजनामा १०० भन्दा बढी मुलुकका श्रमिक कार्यरत छन्। ती परियोजनामा काम गर्ने चीन, बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या उल्लेख्य छ। 

विस्तार हुँदै नर्सरी र फ्लोरिकल्चर, व्यवसायी भन्छन्– लगानी बढाए निर्यात गर्न सकिन्छ

नेपालभर झण्डै एक हजार नर्सरी र फ्लोरिकल्चर फार्म छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले बागमती प्रदेशमा यो व्यवसायलाई सम्भावना भएको क्षेत्र मानेको थियो।

म्याकडोनाल्डका सबै अमेरिकी कार्यालय तीन दिनका लागि बन्द, कर्मचारी कटौतीको तयारी 

विश्वकै सबैभन्दा ठूलो फास्ट–फुड चेन म्याकडोनाल्डका अमेरिकाभरिका सबै कार्यालय अस्थायी रूपमा बन्द भएका छन्। म्याकडोनाल्डले सबै कर्मचारीलाई इमेल पठाएर सोमबारदेखि बुधबारसम्म घरैबाट काम गर्न भनेको छ।

बारा-२ मा एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने

एमाले महासचिव शंकर पोखरेलले बारा-२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

जयनगर–कुर्था  रेल सेवाका एक वर्ष: आम्दानी ८ करोड, खर्च ५० करोड

चालकदेखि इन्धन र अन्य खर्च गरेर नेपालले भारतीय रेल्वे कम्पनी कर्पोरेशनलाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता छ। जनशक्तिलगायतमा आत्मनिर्भर नहुँदा रेल सेवा घाटामा गएको रेल्वे कम्पनीले जनाएको छ।

सात महिनामै बर्खास्त भए चेल्सीका प्रशिक्षक पोटर

पोटरको नेतृत्वमा चेल्सीले प्रिमियर लिगका ३१ खेलमा ११ हार बेहोरेको छ। थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

उपनिर्वाचन हुने तीन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै, को-को हुँदैछन् उम्मेदवार?

ठूला दलले तीन क्षेत्रमा नै उम्मेदवार टुंगो लगाइसकेका छन्। नेकपा माओवादी केन्द्रले भने कुनै पनि क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छैन। उसले सबै क्षेत्रमा सत्ता गठबन्धनका दललाई सघाउने सम्भावना छ।

सोमबारको मौसम: पहाडी भेगमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा हुनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ।

जापानी संगीतकार रियोइची साकामोतोको निधन

सोलो आर्टिस्ट र यल्लो म्युजिक अर्केस्ट्रा (वाईएमओ) का संस्थापक रियोइची अस्कर, ग्रामी, गोल्डेन ग्लोब र बाफ्टाजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भएका थिए।