AnonymousUser

Logout

नेपाल भ्रमणमा आएका चिनियाँ उच्च नेता भेटघाटमा व्यस्त, प्रधानमन्त्रीसँग भर्चुअल संवाद

तीन दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य युआन जियाजुन आतबार दिनभर भेटघाटमा व्यस्त भए। उनले सोमबार पनि राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।

पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सोमबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

अफगानिस्तानमा बाढीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो, ४० जना बेपत्ता

अफगानिस्तानको मध्य भागमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन्।

लगातार दोस्रोपटक पाकिस्तानलाई इमर्जिङ कप

भारतलाई १२८ रनले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रोपटक एसीसी इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको छ।

मौद्रिक नीति: वित्तीय स्थायित्वलाई प्राथमिकता, कर्जा विस्तार नियन्त्रणको निरन्तरता

शेयर बजार र घरजग्गा व्यवसाय शिथिल भएर आर्थिक गतिविधि नै सुस्त भएका बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विगतभन्दा शेयर बजारप्रति केही लचिलो भएको सन्देश दिन खोजेको छ।

सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक : सुनिल केसी

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालु पुँजी कर्जा, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताएका छन्।

सुन प्रकरण : भन्सार कर्मचारीसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ। योसँगै अहिलेसम्म १६ जना पक्राउ परेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

ललिता निवास प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी पक्राउ

ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।

पहिलेको चरन क्षेत्र बन्दैछ पर्यटकीय गन्तव्य

नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भिमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन्।

कांग्रेसको नीति अधिवेशन असोजमा गर्न विजयकुमार गच्छदारको प्रस्ताव

कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक माग गरेका छन्।

मूलभूत रूपमा कांग्रेसमा अनुशासनको आवश्यकता छ :  प्रकाशशरण महत

अनावश्यक गालीगलौज गर्ने र नेतृत्वलाई खुइल्याउने किसिमका टिप्पणी नगरी एकताबद्ध भएर अगाडि बढे पार्टीलाई कसैले विस्थापित गर्न नसक्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ।

मौद्रिक नीतिको प्रभाव: नेप्से ६३.२४ अंकले बढ्यो

आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : परराष्ट्रमन्त्री

कांग्रेस नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको टिप्पणी गरेका छन्।

नापतौलमा गडबडी गर्ने ११ हजार व्यापारी परे कारबाहीमा

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ।

खस्किँदो महिला फुटबल: राखेप र एन्फाबीच सुल्झिएन प्रशिक्षक विवाद, घरेलु प्रतियोगिता पनि शून्य

राष्ट्रिय महिला टोलीका लागि एन्फा र राखेपले फरक प्रशिक्षक नियुक्त गरेपछि शुरू विवादले फुटबल प्रशिक्षण नै प्रभावित भएको त छ नै, एन्फासँग महिला फुटबललाई उकास्न कुनै घरेलु प्रतियोगितासमेत छैन।

शेखर कोइरालाको प्रश्न– समाजवादी मोर्चा कसका लागि बनेको हो?

नेता कोइरालाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक, २०८० तत्काल खारेज गर्नुपर्ने बताएका छन्। सो विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ छ।

मौद्रिक नीति : नीतिगत दरमा सामान्य लचक, शेयर र घरजग्गा कारोबारसम्बन्धी नीति यथावत् [पूर्णपाठ]

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ। 

विदेश भ्रमणमा जाने नेपालीका लागि डलर सटहीको सीमा बढ्यो

विदेश भ्रमणमा जाने नेपालीहरूले २ हजार ५ सयसम्म अमेरिकी डलर सटहीको सुविधा पाउने भएका छन्।

मौद्रिक नीति: पहिलो घर लिनेले २ करोडसम्म कर्जा पाउने

मौद्रिक नीतिले पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखलाई वृद्धि गरेर दुई करोड पुर्‍याइए पनि अन्य व्यवस्था भने यथावत् राखेको छ।