AnonymousUser

Logout

साना कम्पनीको न्यूनतम २५० कित्ता सेयर माग गर्न मिल्ने व्यवस्था गरिँदै

बोर्डले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिने बोर्डले जनाएको छ।

अमेरिकी सेनाका दुई हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकाको केन्टकीको फोर्ट क्याम्पबेल सैन्य शिविरनजिक दुई वटा हेलिकप्टर दुर्घटनामा परेका छन्।

सिर्सिया नदी प्रदूषण गर्ने ५ उद्योगलाई जरिबाना, अन्यलाई पनि कारबाहीको तयारी

सिर्सिया नदी दुर्गन्धित बनाउने पाँच उद्योगलाई तीन लाखका दरले जरिबाना गरिएको छ भने स्थानीय तहले अन्य उद्योगलाई पनि कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। 

सरकारले मिटरब्याजीलाई कारबाही गर्नुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

स्टार्टअप उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न आह्वान, कसरी पाइन्छ सहुलियत कर्जा?

उद्यमीले पहिलो किस्ता लिएको ६ महिनाभित्र दोस्रो किस्ता माग गर्न सक्ने छन्। कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोको रूपमा राख्नेछ।

फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३ बालबालिकासहित २८ जनाको मृत्यु

फिलिपिन्सको बासिलान प्रान्तमा एक पानीजहाजमा आगलागी हुँदा तीन बालबालिकासहित २८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन्।

अधिकार सम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी राख्ने मिटरब्याज पीडितको चेतावनी

मिटरब्याज पीडितले अधिकार सम्पन्न आयोग गठन गरेर मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्न सरकारसँग माग गरेका छन्। 

गुगलले १ महिनाभित्र भारत सरकारलाई १६ करोड डलर जरिबाना तिर्नुपर्ने

प्रतिस्पर्धा कानूनअन्तर्गत गुगललाई १६ करोड अमेरिकी डलर जरिबाना तिराउने तल्लो अदालतको फैसला भारतको उच्च अदालतले सदर गरिदिएको छ।

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

राप्रपा अध्यक्ष लिङदेनले व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधिका कारण देश अस्थिरतातर्फ गइरहेको बताएका छन्। 

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ।

चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

बैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

चीनको चेतावनी बेवास्ता गर्दै ताइवानी राष्ट्रपति अमेरिकामा

ताइवानकी राष्ट्रपति साई इङ वेन अमेरिका भ्रमणमा निस्किनुअघि चीनले अमेरिकी सभामुखलाई नभेट्न र अमेरिका नजान खुला चेतावनी दिएको थियो। 

प्रधानमन्त्रीले तत्काल मिटरब्याज पीडितलाई भेट्नुपर्छ : विश्वप्रकाश शर्मा

मिटरब्याज पीडितका मुद्दा सम्बोधनका लागि संसद्‍बाट छिटो भन्दा छिटो आवश्यक कानून निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा महामन्त्री शर्माको जोड छ।

राहदानी विभागको टोली पोर्चुगलमा, १ महिनासम्म सेवा दिने

टोलीले राहदानीको म्याद सकिएका, क्षति भएका, हराएका, नष्ट भएका र पोर्चुगलमा जन्मेका नाबालिक नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने बताइएको छ। 

पर्यटक लोभ्याउँदै पटिहानी

पटिहानीमा पर्यटकले घडियाल गोहीका साथै एकसिंगे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन्। स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको 'अम्ब्रेला स्ट्रिट' पनि आकर्षणको केन्द्र बनेको छ।

मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपको फाइनलमा 

मोफसलमा सर्वाधिक धनराशि पुरस्कार रहेको खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्।

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा साँझपख हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ।

नेकपा एसलाई जनताले पत्याएनन्, अब मिल्ने एमालेसँगै हो : मुकुन्द न्यौपाने

‘गठबन्धनमा लागे एकीकृत समाजवादी धुलो हुन्छ भन्दा कसैले मानेनन्। मानिसलाई नशा लागेपछि कुरो नसुन्दोरहेछ।’

अब पार्टीमा गुटबन्दी र गैरएमाले गतिविधि स्वीकार्य हुँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले‍ लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताएका छन्।