१०० किलो सुन तस्करी अनुसन्धानमा सीआईबीलाई बाहिर राखेर राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुले प्रधानमन्त्रीमाथि नै आशंका उब्जिएको कोइरालाले बताएका छन्।
धान रोपाइँको सिजन अगावै भित्र्याउने लक्ष्यसहित 'फास्ट ट्रयाक'मा कृषि मन्त्रालयबाट साल्ट ट्रेडिङले एकलौटी खरिद गर्ने जिम्मा पाएको मल देशभर रोपाइँ सकिन लाग्दा पनि आउन बाँकी नै छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्।
प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राम पोस्टमा ‘गहिरो माया र सम्मानको साथ नजिकको परिवार’ रहने उल्लेख गरेका छन्।
बागलुङको गलकोट नगरपालिकामा आजभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन्। गाडी घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन्।
पक्राउ परेका नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु, सो बापत नगद दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकीमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बेलायत निर्वासनमा रहेका बीएनपीका कार्यवाहक अध्यक्ष तथा थुनामा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय सुनाइएको छ।
विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख जगदीशचन्द्र जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण समयसमयमा बिजुली जाने समस्या भएको बताएका छन्।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्रीमा कांग्रेसका शिवराज भट्ट र नागरिक उन्मुक्तिका रामेश्वर चौधरी छन्। नागरिक उन्मुक्तिका कैलाश चौधरी राज्यमन्त्री भएका छन्।
स्वास्थ्य मन्त्रालयले एक महिनाभित्र अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न र जुनसुकै समयमा औषधि प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्न निर्देशन दिएको छ।
साढे ३३ किलो सुन–काण्ड अनुसन्धान गर्न सरकारले बनाएको समितिले ‘एमके’ भनिने मोहनकुमार अग्रवालको समूहले पाँच वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। तर उनी कारबाहीको दायरामै आएनन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले एक महिनामा दोस्रोपटक शपथ लिएका छन्। सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।
डेंगीको संक्रमणबाट हुनसक्ने महामारी रोकथामका लागि काठमाडौँ महानगरले लार्भा नष्टका साथै सचेतना अभियान थालेको छ। यो अभियान महानगरका सबै वडामा सञ्चालन गरिएको छ।
मौद्रिक नीति सार्वजनिक भएपछिको ८ कारोबार दिनमध्ये ६ दिन शेयर बजार घटेको छ। शेयर लगानीमैत्री नीतिहरू नआउँदासम्म बजार पुरानै लयमा फर्किन नसक्ने पुँजीबजारका लगानीकर्ताहरू बताउँछन्।
बुधबार २६९ कम्पनीको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटक खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ।
सरकारले दिने भुक्तानी रोकिएको भन्दै ठेकेदारले नापी नापी काम गर्दा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नभएको सभामुख घिमिरेले बताएका छन्।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा धेरै १ लाख ४७ हजार ५५३ माओवादी कार्यकर्ता बागमती प्रदेशमा रहेका उल्लेख छ।