AnonymousUser

Logout

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबिया र कुवेत विजयी

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले र कुवेतले बहराइनलाई २ विकेटले पराजित गरेको छ। 

तुइनबाट महाकाली नदीमा खसेका भण्डारीको शव भेटियो

महाकालीपारि भारतीय सडक प्रयोग गरेर घर फर्किंदै गरेकी आमालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा नदीमा खसेका थिए।

अर्थमन्त्री भन्छन्– ४ प्रतिशतको आर्थिक वृद्धिले समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन

अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए।

समाजमा अराजक गतिविधि बढ्यो, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रह‍ेको बताएका छन्।

दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता

दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

राजनीतिमा व्यक्तिवाद हाबी छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अरूलाई मान, सम्मान गर्ने नभई सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन्।

एप्पल किन छिर्दै छ भारत?

भारतीय स्मार्टफोन प्रयोगकर्तालाई आकर्षित गर्ने रणनीति एकातिर छ भने अर्कोतिर अमेरिका र चीनबीचको बढ्दो दूरीका कारण चीनको निर्भरता कम गर्ने पक्षमा एप्पल रहेको बताइन्छ।

बाँकेमा कोभिड–१९ का कारण एकको मृत्यु

बाँकको भेरी अस्पताल नेपालगन्जमा कोभिड–१९ भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

राष्ट्रियतामाथि संकट बढिरहेकाले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको नेता खनालको भनाइ छ।

स्वतन्त्र ताइवानको वकालत गर्ने संगठनविरुद्ध चीनले थाल्यो कारबाही 

ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद्ले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानूनी काम गरेकाले कारबाही गरिएको जनाएको छ।

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बाहुनडाँगी हुँदै भारतबाट जंगली हात्तीको हुल नेपाल प्रवेश गर्छन्। हुलबाट एक्लिएको हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीय बताउँछन्।

देशको अवस्था बदल्न राजनीतिक ध्रुवीकरण जरुरी : शंकर पोखरेल

बलियो राजनीतिक शक्ति बनाउने कर्तव्यबाट नागरिक पनि चुक्दै गइरहेको महासचिव पोखरेलले बताएका छन्।

सबै जातजातिले मनाउने पर्व राष्ट्रिय पर्व हुन् : प्रधानमन्त्री 

इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ। 

हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेन्नई 

१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

शनिबारको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वायु प्रदूषणका कारण १५ दिनमै कालो भयो कृत्रिम फोक्सो

‍वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, पूर्वराष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यलाभको कामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

महँगो हवाई भाडाबारे इपीएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

इपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए।

बजेट छर्ने शैलीबाट चल्नु हुँदैन,  स्रोत सुनिश्चित गरेर मात्र योजना छनोट गरौँ : अर्थमन्त्री

अर्थमन्त्री महतले खर्च नगरे पनि हुने फर्निचर, गाडी, भ्रमण भत्तालगायतमा केन्द्र सरकार र अर्थ मन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुने बताएका छन्।

विदेश पढ्न जानेलाई सरकारले किन बन्द गर्‍यो एनओसी?

उच्च शिक्षाबाहेकमा विदेश पढ्न जानेलाई सरकारले ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन बन्द गरेपछि विद्यार्थी आन्दोलित छन्। एनओसी रोकेको सरकारले त्यससम्बन्धी निर्देशिका सार्वजनिक नगर्दा सरोकारवाला थप सशंकित छन्।