AnonymousUser

Logout

चार्लोटलाई हराउँदै मियामी सेमिफाइनलमा, मेस्सीको १ गोल


शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले चार्लोट एफसीलाई ४–० गोलअन्तरले पराजित गरेको छ। 

भोजपुरमा पहिरोले पुरिएर १ जनाको मृत्यु

बिहीबार परिवारसँग निगुरो टिप्न घर नजिकैको जंगल गएका तामाङलाई करिब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो।

भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध, पहाडी जिल्लामा खाद्यान्न अभाव

कैलालीको गोदावरी–४ भावरमा पहिरोले सडक बगाएपछि भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ।

बेनी–जोमसोम–कोरला सडक आइतबारदेखि ५ दिन बन्द हुने

सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि यातायात बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

सत्तामा टिकिरहन ३० वर्ष पुरानो फाइल खोलेर मलाई गिरफ्तार गरियो : सुनील शर्मा

कांग्रेस सांसद डा. सुनील शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको दाबी गरेका छन्।

परिणाम दिने गरी नियम कानून बनाउन सकेनौँ : सभामुख

सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानून बनाउन बाधा परिरहेको बताएका छन्।

तीनबुँदे सहमतिपछि खहरे खोलामा चल्यो डोजर

काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच तीनबुँदे सहमति भएसँगै कपनस्थित खहरे खोलामा डोजर चलेको छ।

तापक्रम वृद्धिको असरः हिमालतिर सर्दैछन् तल्लो भेगका बालीनाली 

तापक्रम वृद्धिसँगै कम उचाइमा मात्र हुने अन्नबाली तथा फलफूलहरू उच्च हिमाली जिल्लामा समेत उत्पादन हुन थालेका छन्। तत्कालका लागि फाइदाजनक देखिए पनि यो राम्रो संकेत नभएको कृषि वैज्ञानिकहरू बताउँछन्।

एमालेले आवेगमा सदन अवरुद्ध पार्‍यो : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल नेकपा एमालेले आवेगमा सदन अवरुद्ध पारेको टिप्पणी गरेका छन्।

सुन तस्करीको तथ्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हतकडी लगायो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरका कारण सरकारले संसद्मा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।

सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ: प्रदीप पौडेल

कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राखेका छन्।

कांग्रेस सांसद शर्मालाई थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले दिएन आदेश

काठमाडौँ जिल्ला अदालतले कांग्रेस सांसद सुनील शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।

सुनील शर्मालाई प्रतिशोध साँध्न पक्राउ गरियो: कांग्रेस सांसद घिमिरे

कांग्रेस सांसद श्याम घिमिरेले संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताए। 

नीति नहुँदा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

कृषिमन्त्री भुसालले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्यालाई समाधान गर्न कृषिनीति बनाउने तयारी गरेको बताए।

सरकार र संसद् दुवैलाई गिज्याइरहेका जरुरी प्रस्ताव

सांसदहरूले अत्यावश्यक ठानेर ल्याउने जरुरी सार्वजनिक महत्त्वका प्रस्ताव र संकल्प प्रस्तावले सदनमा छलफलको मौका नै पाउँदैनन्। छलफल भएर पारित भइहाले पनि सरकारले कार्यान्वयन गर्दैन।

मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि त्यसलाई सच्याएर मात्रै संसद्मा पेस गर्ने तयारी गरिरहेको बताएका छन्।

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल सञ्चालनको अनुमति दिएको छ।

प्रहरीद्वारा ५२ लाख नक्कली नोटसहित ९ जना पक्राउ

प्रहरीले काठमाडौँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ।

सुन व्यापारी राजेश अडुकियाका छोरा विमानस्थलबाट पक्राउ

सुन व्यापारी राजेश अडुकियाका छोरा रोहनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।