AnonymousUser

Logout

स्पेनी प्रधानमन्त्री सान्चेजपत्नी गोमेजलाई देश छोड्न प्रतिबन्ध

स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानूनी सुनुवाइका लागि आदेश दिँदै फैसला नआउँदासम्म देश छोड्न प्रतिबन्ध लगाएको छ।

महोत्तरीको चुरे क्षेत्रमा बाघ आतंक, गोठमै पशुवस्तु मारिएपछि गाउँले रातभर पहरा दिँदै

महोत्तरीको चुरे क्षेत्रअन्तर्गत बर्दिबास नगरका काछ बस्तीहरूमा विगत एक सातादेखि पाटेबाघले गोठमै पसेर घरपालुवा पशुवस्तु मार्न थालेपछि स्थानीय त्रासमा छन्।

उदयपुरमा विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० घाइते

उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।

महायुग : स्त्री अस्तित्वको गहिरो वैचारिक यात्रा

पाठेघरलाई सृष्टिको मूल स्रोतका रूपमा व्याख्या गर्नु, मासिकस्रावलाई लाज वा कमजोरी होइन, बरु सृष्टिको निरन्तरतासँग जोडिएको एक पवित्र जैविक प्रक्रियाका रूपमा व्याख्या गर्नु उपन्यासको साहसिक र रूपान्तरणकारी दृष्टिकोण हो।

रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग फिर्ता लिन अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन सरकारी वकिल कार्यालयलाई अनुमति दिएको छ।

धितोपत्र बोर्डको नेतृत्वमा डा. गोपालप्रसाद भट्ट, सहकारी नियमन गर्न छुट्टै विधेयक ल्याइने

सरकारले धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्नुका साथै सहकारी क्षेत्रको सुधार र प्रभावकारी सुपरीवेक्षणका लागि छुट्टै विधेयक तर्जुमा गर्ने सैद्धान्तिक निर्णय गरेको छ।

एक दशकसम्मको कृषि अनुदान छानबिन गर्न कार्यदल गठन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले विगत १० वर्षमा प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानमा भएको भनिएको दुरुपयोगको छानबिन गरी ६ महिनाभित्र प्रतिवेदन पेश गर्न सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

नेप्से परिसूचकमा झिनो वृद्धि

धितोपत्र बजारमा नेप्से परिसूचक १.६३ अंकले बढेर २,७०२.११ को विन्दुमा पुग्दा कुल ३५३ कम्पनीको साढे ४ अर्बभन्दा बढीको शेयर खरिद-बिक्री भएको छ।

प्रदेश र स्थानीय तहलाई उपेक्षा गरेको भन्दै बजेट विनियोजनमा सांसदहरूको ‍असन्तुष्टि

केन्द्र सरकारले संघीयताको मर्मविपरीत प्रादेशिक र स्थानीय तहको बजेट तथा अधिकार कटौती गरेको भन्दै राष्ट्रियसभाका सांसदहरूले संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन्।

विपत्तिबाट विश्वकपसम्म पुगेको हैटीको सम्झना

विश्वकपमा हैटीको उपस्थिति नेपाल र अन्य गरिब देशहरूलाई एउटा सन्देश पनि हो- ती देशका लागि कहिलेकाहीँ ट्रफी उठाउनुभन्दा ठूलो जित अन्धकारबीच आफ्नो क्षमता जोगाउँदै विश्वमञ्चमा उभिन सक्नु हो।

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

यस वर्षको प्रि–मनसुन अवधिमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु अत्यधिक सक्रिय हुँदा विगत ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा मापन गरिएको छ।

लाहुरी भैँसी : विगतको कथा, वर्तमानको प्रश्न

रमेश विकलकृत कथाको नाट्य रूपान्तरणले ६ दशकअघिको नेपाली समाजको यथार्थ मात्रै उजिल्याएको छैन, वर्तमानका लागि प्रश्न पनि तेर्स्याइदिएको छ– नेपाली समाज यहाँसम्म कसरी आइपुग्यो? त्यो यथार्थ र आजको यथार्थबीच तात्त्विक फरक के छ?

औद्योगिक क्षेत्रको महसुल विवाद निरूपण नहुँदासम्म विद्युत् लाइन नकाट्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रभित्रको भाडासम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगहरूमा विद्युत् लाइन नकाट्न आग्रह गरेको छ।

पेट्रोलियमको मूल्यवृद्धिले कर्णालीमा खाद्यान्न ढुवानी रोकियो, गोदाममै थन्कियो चामल

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाडा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रादेशिक कार्यालयमै थन्किएको छ।

मानव–बाँदर द्वन्द्व कि सहअस्तित्व?

गाउँदेखि सिंहदरबारसम्म चर्चा पाएको बाँदर व्यवस्थापनका विषयमा प्रायः दुई अतिवादी धारणा देखिन्छन्। एउटा धारणाले ‘बाँदरलाई मार्नुपर्छ’ भन्छ भने, अर्कोले ‘संरक्षणका नाममा बाँदरको व्यवस्थापन आवश्यक छैन’ भन्छ।

लोकतान्त्रिक मान्यता संस्थागत रूपमै कमजोर बनाइनु चिन्ताको विषय: पापड

सरकारले प्रेस स्वतन्त्रता र नागरिक अधिकार खुम्च्याउन खोजेको भन्दै 'पापड' ले आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले असार ५ गते आयोजना गर्ने विरोध र्‍यालीमा ऐक्यबद्धता प्रकट गरेको छ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

सरकारले मुलुकमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा प्रभावित समुदायलाई राहत दिन आगामी आर्थिक वर्षका लागि पहिलोपटक 'मानव–वन्यजन्तु सहअस्तित्व' शीर्षकमा ४१ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ।

स्थलगत

उज्यालो दिने बिजुलीको अँध्यारो कथा: मानिस पहिले जोगाउने कि आयोजना?

एउटै जिल्लामा ४४ र एउटै पालिकामा १६ वटासम्म जलविद्युत् आयोजना निर्माणको दौडमा रहेको राज्य, त्यसबाट उठिबास लाग्दै गरेका नागरिकको पीडाप्रति उदासीन देखिन्छ। भोटेकोशीबाट जलविद्युत आयोजनाहरू चिहाउँदाको दृश्य:

भारतीय नीतिको असर: ‍चिया उद्योग बन्द गर्ने घोषणा

भारतको नयाँ निर्यात नीतिका कारण नेपाली चिया बजार ठप्प भएपछि झापाका उद्योगीहरूले बिहीबारदेखि चिया बगान र उद्योग पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्।

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाडौँ प्रशासनको निर्देशन

काठमाडौँ प्रशासनले जिल्लाका विभिन्न सरकारी तथा सार्वजनिक निकायका भवन र संरचनाभित्र सञ्चालनमा रहेका कर्मचारी आबद्ध संघसंगठनका कार्यालयहरू सात दिनभित्र हटाउन निर्देशन दिएको छ।