ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा हाइस तथा माइक्रोबसले जथाभावी ओभरटेक गर्दा सडकमा अनावश्यक जाम हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ।
चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा माइक्रोबसले जोखिमपूर्ण ढङ्गले ‘ओभरटेक’ (उछिन्ने) गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दा अन्य सवारीचालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ। पूर्व-पश्चिम तथा काठमाडौँ-पोखरा जोड्ने व्यस्त राजमार्गमा पहिरोका कारण हुने अवरोधसँगै यस्ता सवारीको लापरबाहीले ट्राफिक जाम, दुर्घटनाको जोखिम र यात्रामा थप हैरानी बढाएको गुनासो आएको छ।
बागमती प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय (रामनगर) का प्रमुख एवं प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार हाइस तथा माइक्रोबसले जथाभावी ओभरटेक गर्दा सडकमा अनावश्यक जाम हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ। प्रहरीले देखेका स्थानमा तत्काल कारबाही र चालकलाई सचेत गराउने काम भइरहे पनि कतिपय चालकले प्रहरीको निगरानी छल्दै नियम उल्लङ्घन गर्ने गरेको उनले बताए।
“हामीले देखेमा कारबाही गर्छौँ र चालकलाई सचेत पनि गराउँछौँ। तर कतिपय चालकले लुकिछिपी जोखिमपूर्ण ओभरटेक गर्ने गरेका छन्,” पाण्डेले भने, “चालक मात्र होइन, यात्रु पनि यस विषयमा सचेत हुन जरुरी छ। तीव्र गति र जथाभावी ओभरटेकका कारण दुर्घटना हुन सक्छ भन्ने बुझेर प्रहरीलाई सूचना दिए नियन्त्रण गर्न थप सहज हुन्छ।” उनका अनुसार सबैलाई छिट्टै गन्तव्य पुग्ने हतार हुने भएकाले जोखिमपूर्ण रूपमा सवारी चलाउने चालकबारे यात्रुले प्रहरीलाई सूचना दिने क्रम भने निकै कम छ।
नारायणगढ–मुग्लिन सडकखण्डबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले एउटै सवारीको लापरबाहीले घण्टौँसम्म ट्राफिक जाम हुने अवस्था सिर्जना हुने गरेको उनले बताए। अब यस्ता गतिविधि नियन्त्रणका लागि थप व्यवस्थित रूपमा निगरानी र कारबाहीलाई प्रभावकारी बनाइने उनको भनाइ छ।
पाण्डेका अनुसार सडकका विभिन्न स्थानमा सीसीटीभी क्यामेरामार्फत निगरानी भइरहेको छ भने समयसमयमा स्पिड गन (स्पिड रडार) प्रयोग गरी तीव्र गतिमा सवारी चलाउने चालकमाथि कारबाही गरिँदै आएको छ। “यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु चालकको कर्तव्य हो,” उनले भने, “चालकलाई सचेत गराउनु प्रहरीको दायित्व हो। तर केही चालकले प्रहरीलाई छल्ने प्रयास गर्दै आफैँ र अरूको ज्यान जोखिममा पार्ने गरी सवारी चलाउने गरेका छन्।”
यहाँका सडकमा समयसमयमा खस्ने पहिरोले लामो सवारी जाम हुने गर्छ। त्यही बीचमा ओभरटेक गर्दा उद्धारमा समस्या हुने गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए। यस्तो अवस्थामा हुने जामका कारण यात्रुलाई गन्तव्यमा पुग्न झन् ढिलो हुने गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
