नेप्से परिसूचक दोहोरो अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ अंकमा झरेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ अंकले घटेर ४६७.९६ अंकमा पुगेको छ। त्यस्तै फ्लोट सूचक १.४० अंकले घटेर १८३.३३ र सेन्सेटिभ फ्लोट सूचक १.८ अंकले घटेर १५८.५७ अंकमा झरेको छ।

आज विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर रु चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० मा खरिद-बिक्री भएका छन्। आज सेयर बजारका १३ वटै उपसमूहको सूचक घटेको छ। कुल ५९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार आज एभरेस्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। उता सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेन्चर र गुडविल फाइनान्स लिमिटेड डिबेन्चरका लगानीकर्ताले भने गुमाएका छन्।