बिस्का जात्रा आज सम्पन्न हुँदै

गत चैत २७ गतेबाट तौमढीबाट भैरवको रथ तानेर शुरू भएको बिस्का जात्रा आजदेखि सम्पन्न हुने भएको हो।

काठमाडौँ- भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज सम्पन्न हुँदैछ।

गत चैत २७ गतेबाट तौमढीबाट भैरवको रथ तानेर शुरू भएको यो जात्रा आजदेखि सम्पन्न हुने भएको हो।

आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्का जात्राको आज अन्तिम दिन दिउँसो ४:०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गरिनेछ।