AnonymousUser

Logout

वीरगन्जमा नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ

कलैया– १८ का अमिरी राउत र वीरगन्ज–१६ इनर्वाका राजन सिंहकाे साथबाट प्रहरीले १० हजार वटा नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप ४८ थान स्टयाम्प प्याड र दुई लाख ७२ हजार रुपैयाँ नगद बरामद गरेको छ।

गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु

प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। आगलागीको कारण यकिन हुन सकेको छैन।

निर्णायक खेलमा यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १७६ रन बनाएको छ। यूएईका लागि तल्लो क्रमका ब्याटर आयन खानले अविजित अर्धशतकीय इनिङ्स खेले।

‘देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्न आवश्यक’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनमा देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

टनेलभित्र लटरम्म तरकारी

दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका म्याग्दीका दुई सयभन्दा बढी युवाले व्यावसायिक कृषि पेसा अपनाएका छन् । त्यसमध्ये अधिकांशले टनेलमा तरकारी लगाएका छन्।

राफेल मार्केज : जसले प्रायोजकको जर्सी लगाउन पाएनन्

मेक्सिकोका पूर्व डिफेन्डर राफेल मार्केजले रसिया विश्वकपमा जर्मनीविरूद्ध मैदान उत्रिँदै पाँचौँ विश्वकप खेलेर इतिहास बनाए। तर, लागुऔषध कारोबारीसँगको सम्बन्धका कारण उनले त्यसकाे खुसी मनाउन पाएनन्।

हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङकाे बबई गाउँपालिका– १ क्विरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षिया श्रीमती खुमी बोटेको हथौडाले हानेर हत्या गरेका छन्।

नेपाल र यूएईबीच निर्णायक खेल आज

बराबरी अवस्थामा रहेका नेपाल र पाहुना टोली यूएई जाे आजकाे खेलमा विजयी हुन्छन्, उसैले सिरिज उपाधि जित्नेछन्।

‘चुनावी घोषणापत्र र दन्त्यकथा उस्ताउस्तै भए’

चुनावी घोषणापत्रको मस्यौदाका क्रममा केही राजनीतिक दलका केही नयाँ अनुहारहरूले सृजनशील सोच अघि ल्याउलान् भन्ने अपेक्षा गरेको थिएँ। तर त्यस्तो देख्न पाइएन।

खोटाङका सबै मतदानस्थलमा निर्वाचन सामग्री

खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।

मौन अवधिमा चुनाव प्रचार गरे २५ हजार जरिबाना

निर्वाचन आयोगको केन्द्रीय आचारहिता अनुगमन समितिको बिहीबारको बैठकले मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचार गरेको पाइए ठाउँको ठाउँ २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको छ।

शुक्रबार देशभरको माैसम सफा रहने 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

विश्वप्रकाश भन्छन्– गगन थापा प्रधानमन्त्रीका लागि सुयोग्य भइसके

बेलायतले भख्खरै ४२ वर्षका प्रधानमन्त्री पाएको छ। अनि नेपालमा ५० वर्ष मुनिको नेताले प्रधानमन्त्रीमा दाबी गर्दा के अचम्म? गगनजीमा के योग्यता पुगेन, के क्षमता छैन? उहाँ प्रधानमन्त्रीलायक हो भनेको छु।

छक्कबहादुरको वरिपरि घुम्छ हुम्लाको चुनावी राजनीति 

हुम्लाको चुनावी राजनीतिमा छक्कबहादुर लामाले जहिल्यै ‘सरप्राइज’ दिइरहन्छन्। यसपालि कर्णालीमा सम्भावित चुनावी परिणामलाई लिएर धेरै अड्कलबाजी भइरहँदा छक्कबहादुर फेरि चर्चामा छन्। 

जसपा र लोसपा आधार इलाकामै कमजोर

आसन्न निर्वाचनमा मधेशकेन्द्री दलहरू आधार इलाकामै कमजोर पर्ने देखिएका छन्। विगतमा एकै मोर्चामा देखिएका दलहरू यसपटक परस्पर प्रतिस्पर्धी बनेका छन् भने उनीहरूमाथि मधेशका मुद्दा बिर्सिएको आरोप समेत छ।

यी हुन् कडा प्रतिस्पर्धा भइरहेका ४१ निर्वाचन क्षेत्र

यसपालिको संघीय निर्वाचनमा १६५ मध्ये १२४ वटा क्षेत्रहरूबाट को विजयी हुन्छ भनेर अनुमान गर्न सकिन्छ, तर ४१ क्षेत्रमा कडा प्रतिस्पर्धा छ। कुन हुन् ती क्षेत्र? 

शिवपुजनको 'विरासत': छोरा गाउँपालिका अध्यक्ष, श्रीमती समानुपातिकमा, छोरी स्वतन्त्र उम्मेदवार

रातो पासपोर्ट दुरुपयोगमा दोषी ठहर भएर उम्मेदवार बन्न नपाएका शिवपुजनले छोरालाई गाउँपालिका अध्यक्ष मात्र बनाएनन्, श्रीमतीलाई माओवादीको समानुपातिक र छोरीलाई सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन्।

यी हुन् गण्डकी प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

गण्डकीको मुख्यमन्त्रीका रूपमा चर्चामा आइरहेका नेताहरूलाई प्रदेश सभा निर्वाचन मात्र होइन, पार्टीभित्रकै परिस्थिति पनि अनुकूल बनाउनुपर्ने छ।

गठबन्धनले गडबड : नेता उत्साहित, कार्यकर्ता आक्रोशित

‘चुनाव जित्न’ गरिएको गठबन्धनले नेताहरू उत्साहित बनिरहँदा कर्णालीका कार्यकर्ता पंक्तिमा भने तीव्र असन्तुष्टि छ। आक्रोशित कार्यकर्ता बरू भोट नहाल्ने, तर गठबन्धनका उम्मेदवारलाई भोट नदिने बताउँछन्।

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन, बिहीबार मध्यरातबाट सीमा नाका बन्द हुँदै

नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक टेकप्रसाद राईले मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन तहमा वर्गीकरण गरिएको बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।