AnonymousUser

Logout

नयाँ सांसद्हरूलाई स्वागत गर्न सिंहदरबारमा तयार हुँदै ९ अर्ब ६० करोडको भवन

अब आउने सांसद्हरूले तुरुन्तै भने भवन प्रयोग गर्न पाउने छैनन्। गएको असोजमै निर्माण सकिनुपर्ने भए पनि अझै दुई वर्षसम्म लाग्न सक्ने संसद् सचिवालयले जनाएको छ।

प्रभावमा नपरी निर्वाचनमा खटिन कर्मचारीलाई आयोगको निर्देशन

राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य नगर्न निर्वाचनमा खटिने कर्मचारीलाई आयोगले निर्देशन दिएको छ।

आरएफईएफले लेवान्डोस्कीलाई लगायो तीन खेलमा प्रतिबन्ध

लेवान्डोस्कीले फिफा विश्वकप कतार २०२२ पछि शुरू हुने ला लिगाको इस्पानियोल, एट्लेटिको मड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने छन्।

वसन्तपुरको मतदानस्थलः वृद्ध, अशक्त र अपांगमैत्री (तस्वीरसहित)

भोलि हुने निर्वाचन (मतदानका)का लागि वसन्तपुरस्थित मतदानस्थललाई अशक्तमैत्री बनाइएको छ। नव आदर्श माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा ५ वटा मतदान केन्द्र रहेका छन्।

कतारमाथि इक्वेडरका ८ खेलाडी किनेको आरोप!

विश्वकप आयोजक राष्ट्र कतारमाथि खेलाडी किनेको आरोप लागेको छ। कतारले म्याच फिक्सिङ गर्न विपक्षी खेलाडीलाई रकम दिएको ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाको दाबी छ

थेरानोस संस्थापक एलिजाबेथ होल्मस‍्लाई ११ वर्षको जेल सजाय

कम्पनीको नयाँ उत्पादन ‘द इडिसन मसिन’को रिपोर्ट होल्मसले डाक्टर र बिरामीबाट जानाजान गोप्य राखेको तर्क वकिलहरूको क्यालिफोर्नियास्थित सान होसेमा चलेको बहसका क्रममा गरेका थिए।

निर्धक्क भई मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा घर फर्किने बढे, सुनसान बन्दै काठमाडौँ

काठमाडौँका कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिएपनि काठमाडौँका भित्री गल्लीहरूको चहलपहल कम देखिएको छ।

खुलामञ्चमा पार्किङ बनाउने बालेनको योजना विवादमा, ब्युँतिदै ‘अकुपाई टुँडिखेल’

काठमाडौँ महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने प्रक्रिया थालेपछि त्यसविरुद्ध आन्दोलनको तयारी गरिरहेका ‘अकुपाई टुँडिखेल’ अभियन्ताहरूले बालेन शाह ‘विद्यासुन्दर पथ’मा गएको आरोप लगाएका छन्।

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

राष्ट्रपति भण्डारीले आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छन्।

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ।

हनुमानढोका मन्दिरमा भित्र्याइयो तलेजु भवानीको मूर्ति

आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएकाे तलेजु भवानीको मूर्ति गुह्येश्वरी जात्रा सकिएसँगै हुनमानढोका मन्दिरमै पुनःस्थापना गरिएको छ।

रोचक प्रतिस्पर्धा कहाँ? नक्सामा हेर्नुहोस्

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत सात प्रदेशका २० निवार्चन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवारको संक्षिप्त विवरण हामीले यो नक्सामा प्रस्तुत गरेका छौँ।

सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

काठमाडौंको सुकेधारामा ट्रकले ठक्कर दिँदा माेटरसाइकलमा सवार पर्सा ठोरी–७ का कुमार राई र राईकी श्रीमती मेनुकाको मृत्यु भएकाे हाे।

पोर्चुगललाई झस्काउने नाचोको त्यो गोल

रसिया विश्वकपकाे दाेस्राे दिन राेनाल्डाेकाे ह्याट्रिक गाेलमा जितउन्मुख पाेर्चुगलविरुद्ध स्पेनका डिफेन्डर नाचाेले उत्कृष्ट गाेल गर्दै टिमलाई हारबाट जाेगाएका थिए।

धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

साँगुरीगढी– ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बूको मृत्यु भएको छ।

निर्वाचन-२०७९

धमाधम बनाइँदै मतदान केन्द्र

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रको धमाधम निर्माण भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुँदै छ। निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदान गर्न योग्य मतदाता छन्। देशभर २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ। तस्वीरहरू : अमित मचामसी

चितवनका मतगणनास्थलमा तारजाली र सीसीक्यामेरा 

चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

दौडिने बानीले ३ वर्ष आयु बढाउँछः अध्ययन 

अमेरिकाको आइओवा विश्वविद्यालयका अध्ययनकर्ताले ४० वर्षसम्म सातामा दुई घण्टा दौडिने मानिसको आयु ३ वर्ष २ महिनासम्म बढ्ने निष्कर्ष निकालेका छन्।

तटस्थ भएर पर्यवेक्षण गरिदिनुहोस् : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थाबाट प्राप्त सुझावलाई मार्गदर्शक रूपमा लिने बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।