निर्वाचन आयोगले करका दर हेरफेर गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आयोगले काठमाडौं महानगरका नगर प्रमुख शालेन शाहलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आयोगले ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय देशभर करिब १० हजार पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय व्यवस्था हुनु जरुरी रहेको बताए।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संसद् र प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख पार्टीकाे मुख्य एजेण्डा भएको जसपाले जनाएकाे छ।
शेषनले नैतिक बन्धनमा सीमित आचारसंहितालाई कानूनसरह लागू गराइदिए। आचारसंहिताको उल्लंघन दण्डनीय हुने भयो। चुनाव आचारसंहितालाई भारतमा शेषन संहिता भनिन थालियो।
दक्षिण कोरिया र अमेरिकी वायुसेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित २४० विमान समावेश छन्।
एमाले अध्यक्ष ओलीले सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर माओवादी केन्द्रका अध्यक्ष दाहाल आफ्ना परिवार र आफन्तको हितमा मात्रै लागेको आरोप लगाए।
डाेल्पाकाे रङ्ग गाउँमा असोज र कात्तिकमा खुर्सानी टिपेर घरकाे छतमा सुकाउने गरिन्छ।
भारतको ‘आइटी सिटी’ मानिएको बैंगलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ। बसको टिकट काट्न कोही लाइन बस्नुपर्दैन, बसपार्कमा मानिसको भीड हुँदैन।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने भिजन नभएको बताएका छन्। उनले देशलाई बर्बाद हुन नदिने आगामी निर्वाचनबाट विकल्प खोज्नुपर्ने समेत बताए।
तीन दिनदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन्।
विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको निर्देशक सम्राट बस्नेतले बताए ।
लेवान्डोस्की प्रेरित पोल्यान्ड ३६ वर्षपछि विश्वकप फुटबलको समूह चरण पार गर्ने लक्ष्यमा छ। तर, उसले अर्जेन्टिना र मेक्सिकोजस्ता शक्तिशाली देशलाई पन्छाउनुपर्नेछ।
ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिला मजदुरको मृत्यु भएको हो। महिलाहरू काम सकेर घर फर्किंदै थिए।
नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने राष्ट्र प्रमुखहरूको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ।
आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।
स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रूपमा यहाँका बासिन्दाले यस मेलालाई लिने गरेका छन्।
ताजमहलमाथि कसको अधिकार हुने भन्ने विषयमा उत्तरप्रदेश सरकार र भारतीय पुरातत्त्वबीच विवाद हुँदा यो विषय सतहमा आएको थियो।
‘इन्टिग्रिटी’ भएका पत्रकारलाई पेशामा टिक्न मुस्किल छ। त्यसो हुँदाहुँदै पनि नेपालमा केही पत्रकारहरू छन्, जसले पत्रकारिताको ‘धर्म’ निर्वाह गरेका छन्।