सहप्रवक्ता भट्टराईले स्थिर समय शुरू हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचार सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहलाई बेच्ने र पछि च्याम्पियन फूटवेयर लिमिटेडमा रहेको कारखानाको सेयर पनि चौधरी समूहलाई सुम्पने निर्णय नै कानूनविपरीत देखिएको छ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको तीन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ।
मधेश राजनीतिको बलियो शक्ति जसपाले पार्टी, संसद् सबैतिरको भूमिकामा यादवहरुको बर्चस्व कायम गरिरहँदा प्रमुख पार्टीहरुसमेत त्यसैलाई पछ्याउँदैछन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए।
पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्ने छ।
पार्टीभित्रको अन्तर्विरोध र निर्वाचन जित्ने सुनिश्चित नहुँदा लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले भावी मुख्यमन्त्री टुंगो लगाउन सकेका छैनन्।
एमाले अध्यक्ष ओलीले वर्तमान शासकीय स्वरूपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेर जनतामा समृद्धि ल्याउन सकिने बताए।
गत असारको तुलनामा वैदेशिक मुद्राको सञ्चितिमा २.५ प्रतिशतले वृद्धि भई असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपालका आदिवासी जनजाति र स्थानीय समुदायको उत्थानको लागि ४.५ मिलियन डलर अर्थात् ५८ करोड २५ लाख रुपैयाँ अनुदान दिन लागिएको विश्व बैंकले जनाएको छ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको हो।
मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको र त्यस्तो सजाय भुक्तान गरेको ३ वर्ष पूरा नभएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको छ।
मादक पदार्थ खाएर सवारी चलाएकोमा माफी माग्दै उनले अबदेखि कहिलै रक्सी नपिउने निर्णय गरेको बताएका छन्।
यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।
चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने तय गरिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर उठाउँदै आएका पश्चिम सेती, मेडिकल कलेज निर्माण, बसपार्कदेखि सडक विस्तारलगायतका चुनावी अजेन्डा यसपटकको निर्वाचनमा पनि अघि सारेका छन्।
घटनाबारे अनुसन्धान अघि बढेको पोलिस प्रहरीले जनाएको छ। पोल्यान्डको अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ छ।
महानगरपालिकाले परिचय पाटी हटाउने क्रमको पहिलो दिन २७५ वटा र दोस्रो दिन २६० वटा बोर्ड हटाइएको जनाएको छ।
गृहमन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सुरक्षाप्रबन्ध मिलाइएको बताएको छ। निर्वाचनमा निर्धक्क भई मतदान गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।