प्रतिनिधिसभातर्फ परिणाम आउन बाँकी नौमध्ये कांग्रेस तीन क्षेत्रमा अगाडि छ। दुईक्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। तीन क्षेत्रमा मतगणना हुन सकेकाे छैन।
बेल विवाह
भक्तपुर ८ चसुखेलस्थित चण्डेश्वरी मन्दिर परिसरमा आइतबार सामूहिक बेल विवाह भएको छ। नेवार समुदायमा महिलाको रजस्वला हुनुअघि गरिने कर्मलाई ‘ईहि’ अर्थात् ‘बेल विवाह’ भनिन्छ। यसमा ५ देखि ७ वर्षका नेवार समुदायका बालिकाको ‘बेल’सँग विवाह गराइदिने परम्परा छ। प्रचलित जनविश्वासमा ‘बेल’ लाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ। विष्णुसँगको विवाह भएका कारण श्रीमान् बिने पनि कसैले विधवा हुननपर्ने जनश्रुति छ। यद्यपि, कतिपय संस्कृतिविद्ले भने फरक तर्क दिएका छन्। ‘बेल’ लाई अवश्नीकुमारको प्रतीक मानी ‘कन्यादान’ दिएमा अखण्ड सौभाग्य प्राप्ति हुने संस्कृतिविद्ले जनाउँदै आएका छन्। तस्वीरहरू : अमित मचामसी
गुल्मीमा पाेहाेरभन्दा यसवर्ष धान उत्पादन १४ प्रतिशतले घटेकाे छ।
फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।
मधेशका दुई ठूला दल जसपा र लोसपा यसपटकको निर्वाचनमा खुम्चिँदा उनीहरूसँगै गठबन्धन गरेका कांग्रेस र एमालेले पुरानो साख फर्काए। जनमत पार्टी नयाँ शक्तिको रूपमा आयो। कसरी फेरियो मधेशको राजनीति?
रामेछापमा एमालेका कौशलप्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम तामाङ विजयी भएका छन्।
धनुषा–१ बाट माओवादी केन्द्रका मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी भएका छन्।
महोत्तरी–१ मा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।
कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ।
इलाम–२ बाट कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका छन्।
हामी हाम्रा वाचा भुल्ने छैनौँ। क्रमशः काम गरेर देखाउने छौँ। तर, यसका लागि समय लाग्छ। कुनै पनि राम्रो काम गर्न देशमा एक किसिमको विद्रोह गर्नै पर्छ। विद्रोहमा सबैको साथ हुन आवश्यक पनि छ।
कतारमा जारी विश्वकपमा शनिबार राति सम्पन्न खेलमा पोल्यान्डले साउदी अरबलाई पराजित गरेको छ।
शनिबार साँझ इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको छ।
सुनसरी-२ बाट नेकपा एमालेका भीम आचार्य करिब ६ हजार मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मत हराएको भन्दै नाराबाजी भएपछि इलाम-२ को मतगणना रोकिएको छ।
सर्लाही-२ बाट महेन्द्र राय निर्वाचित भएका छन्। राजेन्द्र महतो २ हजार मतान्तरले पराजित भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै सचेत रहन निर्वाचन प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम- १ मा पुनः मतदान गर्न माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाहरू कोही एमालेको राजनीतिबाट आएका छन् भने कोही विभिन्न व्यवसायमा संलग्नहरू छन्।
एमालेको पक्षमा मत थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका छन्।