साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ।
उनीहरूले गठबन्धनको स्पष्ट बहुमतबाट नै आगामी सरकार गठन हुने र यसले संविधानको भावना अनुरूप राजनीतिक स्थायित्व दिने अपिलमा भनेका छन्।
सुकुम्वासी तथा भूमिहीनहरू माइतीघरमा भेला भएर ब्यानर र प्लेकार्डसहित नयाँ बानेश्वर पुगेर कोणसभा गरेका छन्।
पार्टीले टिकट नदिँदा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरू पार्टीकै आधिकारिक उम्मेदवारलाई चुनौती बनेका छन्।
क्षेप्यास्त्र ४७ किलोमिटरको उचाइमा करिब २४० किलोमिटर (१५० माइल) र 'म्याक–फोर'को गतिमा उडेको सेनाले जनाएको छ।
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट भारतको नयाँदिल्लीको सिधा उडान थाल्ने भएको छ। एयरलाइन्सले दिल्लीमा साताको ४ वटा उडान थाल्ने तयारी गरेको हो।
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ। कूल ४३५ सिटसंख्या रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनले बहुमतका लागि आवश्यक २१८ सिट जितेको छ।
हाम्रा साथीहरू जिल्ला–जिल्लामा पुग्नुहुन्छ। हामीसँग लावालस्कर मोटर छैनन्, सार्वजनिक सवारीसाधनमै यात्रा गर्छाैं। हामीसँग जति बजेट छ, त्यहीअनुसार काम गर्छाैँ। जति गरेका छौँ, राम्रो गरेका छौँ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९८ हजार र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० मा काराेबार भइरहेकाे छ।
काठमाडाै महानगरले बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालेकाे छ।
नेपाल क्रिकेट संघ (क्यान) ले निर्वाचनलगत्तै यू–१९ राष्ट्रिय क्रिकेट प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ। मंसिर ७ देखि १९ गतेसम्म हुने प्रतियाेगितामा सातै प्रदेश टिमकाे सहभागिता छ।
आज राति १२ बजेसम्म मात्रै चुनाव प्रचार गर्न पाइने भएकाले राजनीतिक दल, उम्मेदवार र नेताहरू अन्तिम प्रचारमा व्यस्त छन्। शीर्ष नेताहरूले दिउँसाे विभिन्न जिल्लामा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्नेछन्।
कतार विश्वकपकाे समूह 'बी' मा रहेका ङ्ल्यान्ड, अमेरिका, वेल्स र इरानमध्ये जाे काेही पनि नकआउट चरणमा पुग्न सक्नेछन्। किनभने पछिल्लाे समय यी कुनै पनि टाेली लयमा छैनन्।
काभ्रेपलाञ्चाेककाे पनाैती कुशादेवीमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न फुलचाेकी एड्भेन्चर प्रालिले अनुमति पाएकाे छ।
टीकापुर घटनाका पीडितको सहानुभूति बटुलेर चुनावमा शक्ति बटुलिरहेको नागरिक उन्मुक्ति पार्टीले थारू समुदायको असन्तुष्टि संकेत गरेको छ। बेलैमा विचार नपुर्याए त्यो असन्तुष्टिको विष्फोट अकल्पनीय हुनसक्छ।
मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि सरकारले मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध निषेध गरेकाे हाे।
काठमाडौँ– बिहीबार दिउँसो देशका केही स्थामा वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा …
इरानमा दुई महिनायता जारी सरकारविराधी आन्दोलन थप हिंसात्मक बनिरहेको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४८ पुगेको एचआरएएनएले जनाएकाे छ।
राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा मुलुकको हितका लागि सम्पादन गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने उल्लेख छ।
निर्वाचन आयोगले मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यलाई पूर्णरूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएको छ।