AnonymousUser

Logout

काेरियन भाषा परीक्षाका लागि खुल्याे आवेदन

रोजगार अनुमति प्रणाली (इपीइस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।

सुनसरी–१ बाट जसपाका अशोक राई विजयी

सुनसरी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन्।

स्पेन र जर्मनीले अंक बाँडे, समूहबाट चारै टोलीको अगाडि बढ्ने सम्भावना कायमै

अग्रता जोगाउन नसक्दा स्पेनले कतार विश्वकप अन्तर्गत समूह ई को खेलमा जर्मनीसँग अंक बाँडेको छ। अल बेयत रंगशालामा आइतबार राति सम्पन्न खेलमा जर्मनीसँग स्पेन १-१ गोलको बराबरीमा रोकिएको हो।

र्‍यालवाला भाइरल भिडियो र भाउजूद्वयले घटाएको कांग्रेसको भोट

मतदातामा भ्रष्टाचारको नयाँ मानक खडा गरिरहेको सरकारप्रति चरम असन्तुष्टि रहेका बेला सत्ता चाहिँ सामाजिक सञ्जालमा ‘साइबर स्वाँठ’हरू प्रयोग गरेर सत्ताको भक्ति नगर्ने जोकसैलाई दुत्कारिरहेको थियो।

पाँच क्षेत्रमा मतगणना जारी : कांग्रेस र एमाले दुई/दुई, जसपा एक ठाउँमा अगाडि

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। जसमध्ये दुईमा कांग्रेस, दुईमा एमाले र एक ठाउँमा जसपाका उम्मेदवार अगाडि छन्।

कांग्रेसले शुरू गर्‍यो एमालेसँग संवाद, सत्ता साझेदारी गर्नेसम्मको प्रस्ताव

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालकोटस्थित निवासमै भेटेर कांग्रेस नेता प्रकाशमान सिंहले संवाद गरेका छन्।आमनिर्वाचनको पूर्ण नतिजा सार्वजनिक भइनसक्दै भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ४८ हजार मतसहित तेस्रो स्थान उक्लिएको छ। माओवादी केन्द्रले १० लाख ३७ हजार मत पाएको छ।

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

सात लघुबीमा कम्पनीले पाए सञ्चालन अनुमति

लघुबीमा सञ्चालका लागि ३१ आवेदन परेकोमा प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ। 

मोरक्को सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरण प्रवेशनजिक

मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ। मोरक्कोको जितमा अब्देलहामिद साबिरी र जाकारिया अबोउखलालले १/१ गोल गरे।

राष्ट्र बैंकले घटायो बैंक तथा वित्तीय संस्थाको ब्याजदर अन्तर

राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर ४.६ प्रतिशत कायम गर्ने निर्णय गरेको छ।

यू–१९ क्रिकेटः गण्डकी सुदूरपश्चिमसँग ११३ रनले पराजित

सुदूरपश्चिमले गण्डकीलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा तेस्रो जित हात पारेको छ। 

इलाम–१ बाट एमालेका महेश बस्नेत निर्वाचित, झलनाथ खनाल पराजित

इलाम- १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

मंसिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको भन्दै निर्वाचन आयोगले मंसिर १५ गतेभित्र पुनः निर्वाचन गराउने निर्णय गरेको छ।

केबलकारका नाममा अन्नपूर्ण संरक्षण क्षेत्र मास्ने योजना 

संसारभर चर्चित अन्नपूर्ण पदमार्ग र अन्नपूर्ण संरक्षण क्षेत्रलाई संकटमा पार्नेगरी सिक्लेसमा केबलकार निर्माण गर्न निजी कम्पनीले अघि बढाएको योजनालाई वातावरण मन्त्रालयले नै सघाइरहेको छ।

सुनसरी-४ मा पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।

जसपाको 'ओरालो यात्रा'सँगै मधेशमा जनमत पार्टीको उदय!

मधेश राजनीतिमा लामो समयदेखि आधिपत्य जमाएका उपेन्द्र यादवको पराजयसँगै उनकै क्षेत्रबाट जित हासिल गरेका सीके राउत र जनमत पार्टीका लागि राजनीतिको नयाँ बाटो खुलेको छ।

२६ वर्षअघि भारतमा बेचिएकी नतिसरा राईलाई लैंगिक समानता अवार्ड

दक्षिण एसियामा लैंगिक समानताका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले शुरू गरिएको कमला भासिन लैंगिक समानता अवार्ड नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूतलाई दिइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकतर्फ १० लाख मत

समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ। रास्वपा १० लाख ८ हजार २४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

विश्वकप : जापानविरुद्ध कोस्टारिकाको जितले समूह ‘ई’ रोमाञ्चक

कोस्टारिकाले एशियाली राष्ट्र जापानमाथि १-० को जित निकालेको छ। जितसँगै कोस्टरिकाले नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ

यो ब्लक वेबसाइटबाट हटाइएको छ।