इलाम–२ बाट एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

इलाम–२ बाट कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका छन्। 

काठमाडौँ– इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई झिानो मतान्तरले पराजित गर्दै नेम्बाङ विजयी भएका हुन्। शनिबार राति सम्पन्न गणनामा नेम्बाङले ३० हजार २० मत प्राप्त गरे।

कांग्रेसका खड्काले २९ हजार ९०६ मत ल्याए। विजयी नेम्वाङ संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत हुन्। खड्का कांग्रेस जिल्ला सभापति हुन्। 

यस्तै जसपाका यामप्रसाद लिम्बूले ७२४, राप्रपाका गणेशप्रसाद दुलालले ५१०, लोसपाका निरमणि माङ्मु लिम्बूले ६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।