AnonymousUser

Logout

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले दियो ११ बुँदे निर्देशन

निर्वाचनको स्वच्छतामा असर पुर्‍याउने कुनै पनि गतिविधि नगर्न/नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने समितिले निर्णय गरेको छ।

२०७९ कात्तिक ३०, बुधबार

आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

नेपालगन्ज विस्फोट : विप्लव समूहका कार्यकर्ता घाइते भएको प्रहरीको भनाइ

बाँके प्रहरीका अनुसार कुकर बम विस्फोटमा परी घाइते हुनेमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसीसहित दुईजना रहेका छन्।

नेपालगन्जमा विस्फोट, दुईजना घाइते

नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित स्थानीय गंगाबहादुर मल्लको घरमा विस्फोट भएको प्रहरीले जनाएको छ।

टालटुले गठबन्धन देशका लागि घातक छ: ओली

एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन सरकार कब्जा गर्न र देश लुटेर खानका लागि बनेको दाबी गरे। सो गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने उनले जिकिर गरे।

नासाले चन्द्रमामा पठायो ‘आर्टिमिस–वान’

भविष्यमा चन्द्रमामा व्यावसायिक उडान गर्ने तयारीका लागि परीक्षण उडान गरिएको नासाले जनाएको छ।

मौन अवधिअगावै सामाजिक सञ्जालका प्रचार सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन

सहप्रवक्ता भट्टराईले स्थिर समय शुरू हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचार सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो।

चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहलाई बेच्ने र पछि च्याम्पियन फूटवेयर लिमिटेडमा रहेको कारखानाको सेयर पनि चौधरी समूहलाई सुम्पने निर्णय नै कानूनविपरीत देखिएको छ।

विदेश गएका विद्यार्थीले लगे एक महिनामै ५ अर्ब १३ करोड

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको तीन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ।

मधेश राजनीतिमा ‘यादव वर्चस्व’

मधेश राजनीतिको बलियो शक्ति जसपाले पार्टी, संसद् सबैतिरको भूमिकामा यादवहरुको बर्चस्व कायम गरिरहँदा प्रमुख पार्टीहरुसमेत त्यसैलाई पछ्याउँदैछन्।

निर्वाचनपछि गठबन्धनकै सरकार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए।

हमास र हिजबुल्लासँग किन डराउँछ इजरायल?

पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्ने छ।

चुनावअघि नै लुम्बिनीमा मुख्यमन्त्रीको दौड : को छन् प्रतिस्पर्धामा?

पार्टीभित्रको अन्तर्विरोध र निर्वाचन जित्ने सुनिश्चित नहुँदा लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले भावी मुख्यमन्त्री टुंगो लगाउन सकेका छैनन्।

अहिले शासकीय स्वरूप फेर्न हतारिने बेला होइन : केपी ओली

एमाले अध्यक्ष ओलीले वर्तमान शासकीय स्वरूपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेर जनतामा समृद्धि ल्याउन सकिने बताए।

विदेशी मुद्रा सञ्चितिमा सुधार

गत असारको तुलनामा वैदेशिक मुद्राको सञ्चितिमा २.५ प्रतिशतले वृद्धि भई असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

विश्व बैंकले दियो नेपाललाई ५८ करोड रुपैयाँ अनुदान

नेपालका आदिवासी जनजाति र स्थानीय समुदायको उत्थानको लागि ४.५ मिलियन डलर अर्थात् ५८ करोड २५ लाख रुपैयाँ अनुदान दिन लागिएको विश्व बैंकले जनाएको छ।

विश्वकप हेर्न थप शुल्क तिर्नुपर्ने (आदेशसहित)

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको हो।

सुनसरी-४(ख) का उम्मेदवार मेहताको उम्मेदवारी खारेज

मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको र त्यस्तो सजाय भुक्तान गरेको ३ वर्ष पूरा नभएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको छ।

मद्यपान नगर्ने वाचा गर्दै सांसदले दिए राजीनामा

मादक पदार्थ खाएर सवारी चलाएकोमा माफी माग्दै उनले अबदेखि कहिलै रक्सी नपिउने निर्णय गरेको बताएका छन्।