यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।
चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने तय गरिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर उठाउँदै आएका पश्चिम सेती, मेडिकल कलेज निर्माण, बसपार्कदेखि सडक विस्तारलगायतका चुनावी अजेन्डा यसपटकको निर्वाचनमा पनि अघि सारेका छन्।
घटनाबारे अनुसन्धान अघि बढेको पोलिस प्रहरीले जनाएको छ। पोल्यान्डको अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ छ।
महानगरपालिकाले परिचय पाटी हटाउने क्रमको पहिलो दिन २७५ वटा र दोस्रो दिन २६० वटा बोर्ड हटाइएको जनाएको छ।
गृहमन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सुरक्षाप्रबन्ध मिलाइएको बताएको छ। निर्वाचनमा निर्धक्क भई मतदान गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।
अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ।
रवि लामिछानेको ‘चुनावी गति’ पछ्याउँदै चितवनबाट सप्तरी पुग्दा उनका ‘क्रेजी फ्यान’ प्रशस्तै भेटिए। प्रशंसकको शुभेच्छा मतमा बदल्ने चुनौतीबीच उनी भन्छन्– प्रतिपक्षीको भूमिकाको डेमो देखाउन चाहन्छु।
निर्वाचन आयोगले मतपत्रको गोपनीयता भंग गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ। साथै, गोपनीयता भंग गरिएको मतपत्र गणना नहुने पनि बताएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनायो।युएईका वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले।
मध्यपुर थिमि नगरपालिका– ६ माथिल्लो कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको तीन तले घर जल्दा २५ वर्षीया छोरी अस्मिता कसीकाे मृत्यु भएकाे छ।
कास्की–३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध माछापुच्छ्रे सञ्चार सहकारीको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ।
उम्मेदवारी दर्ता हुँदासम्म आफूलाई ‘थ्रेट’रहित ठानिरहेका प्रमुख पार्टी र नेता एक–डेढ महिनामै नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारसँग त्रसित बन्ने अवस्थामा पुग्नुका पछाडि एउटा होइन, धेरै कारण जोडिएका छन्।
पाल्पाका किसानले मत माग्न आउने उम्मेदवारलाई कृषिकाे आधुनिकीकरण गर्ने र व्यावसायीक बनाउने कार्यक्रम ल्याउन अनुरोध गरेका छन्।
प्रवेश कटुवाललाई एन्फाले पाकिस्तानविरूद्धको एक मैत्रीपूर्ण खेलका लागि मात्रै कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो। तर, पनि दंग छन्। उनमा नेपाललाई जिताउने हुटहुटी छ।
विश्वकप फुटबलमा कुनै न कुनै रूपले वर्चस्व कायम राखे पनि नेदरल्यान्ड्स र सेनेगलकाे प्रदर्शन एकनासकाे छैन। त्यसैले समूह चरणमा कतार र इक्वेडरले यी दुई टाेलीलाई अप्ठयाराे पार्न सक्नेछन्।
लोकसेवा आयोगले प्राविधिक अधिकृततर्फ राजपत्रांकित तृतीय श्रेणी तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका लागि विज्ञापन खुलाएको छ।
दलहरूलाई ठीक बाटोमा ल्याउन मात्र नभइ जनप्रिय तथा देशहितका कार्यक्रम र योजनाका लागि पनि दलमा नेता र संसद्मा जनप्रतिनिधि ‘रिफ्रेस’ गर्नुपर्ने भएको छ।
दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ।