प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए।
अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी पदबाट बाहिरिने भएकी छन्। मध्यावधि चुनावपछि सभामुखमा अर्का व्यक्ति सिफारिस भएपछि पेलोसी बाहिरिन लागेकी हुन्।
प्राधिकरणले जेठदेखि कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको जनाएको छ।
विश्वमा विभिन्न अपराधमा संलग्न अपराधीलाई मानिसको जीवन आयुभन्दा निकै बढी वर्षको सजाय दिइएको छ। यस्तो सजाय पाउनेहरू जघन्य अपराधमा सलंग्न रहेका देखिन्छन्।
कोप २७ सम्मेलनमा सहभागी भएका अधिकांश अभियन्ताले विश्वका शीर्ष नेताहरूलाई प्रत्यक्ष भेटेर नै जलवायु मामिलामा गम्भीर हुन दबाब दिए।
भन्सार विभागले साउनदेखि कात्तिकसम्म २ खर्ब २ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २९ अर्ब मात्र उठेको छ। जुन लक्ष्य भन्दा ७३ अर्ब कम हो।
कलैया– १८ का अमिरी राउत र वीरगन्ज–१६ इनर्वाका राजन सिंहकाे साथबाट प्रहरीले १० हजार वटा नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप ४८ थान स्टयाम्प प्याड र दुई लाख ७२ हजार रुपैयाँ नगद बरामद गरेको छ।
प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। आगलागीको कारण यकिन हुन सकेको छैन।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १७६ रन बनाएको छ। यूएईका लागि तल्लो क्रमका ब्याटर आयन खानले अविजित अर्धशतकीय इनिङ्स खेले।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनमा देशलाई आत्मनिर्भर बनाउनसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।
दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका म्याग्दीका दुई सयभन्दा बढी युवाले व्यावसायिक कृषि पेसा अपनाएका छन् । त्यसमध्ये अधिकांशले टनेलमा तरकारी लगाएका छन्।
मेक्सिकोका पूर्व डिफेन्डर राफेल मार्केजले रसिया विश्वकपमा जर्मनीविरूद्ध मैदान उत्रिँदै पाँचौँ विश्वकप खेलेर इतिहास बनाए। तर, लागुऔषध कारोबारीसँगको सम्बन्धका कारण उनले त्यसकाे खुसी मनाउन पाएनन्।
दाङकाे बबई गाउँपालिका– १ क्विरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षिया श्रीमती खुमी बोटेको हथौडाले हानेर हत्या गरेका छन्।
बराबरी अवस्थामा रहेका नेपाल र पाहुना टोली यूएई जाे आजकाे खेलमा विजयी हुन्छन्, उसैले सिरिज उपाधि जित्नेछन्।
चुनावी घोषणापत्रको मस्यौदाका क्रममा केही राजनीतिक दलका केही नयाँ अनुहारहरूले सृजनशील सोच अघि ल्याउलान् भन्ने अपेक्षा गरेको थिएँ। तर त्यस्तो देख्न पाइएन।
खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन आयोगको केन्द्रीय आचारहिता अनुगमन समितिको बिहीबारको बैठकले मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचार गरेको पाइए ठाउँको ठाउँ २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बेलायतले भख्खरै ४२ वर्षका प्रधानमन्त्री पाएको छ। अनि नेपालमा ५० वर्ष मुनिको नेताले प्रधानमन्त्रीमा दाबी गर्दा के अचम्म? गगनजीमा के योग्यता पुगेन, के क्षमता छैन? उहाँ प्रधानमन्त्रीलायक हो भनेको छु।
हुम्लाको चुनावी राजनीतिमा छक्कबहादुर लामाले जहिल्यै ‘सरप्राइज’ दिइरहन्छन्। यसपालि कर्णालीमा सम्भावित चुनावी परिणामलाई लिएर धेरै अड्कलबाजी भइरहँदा छक्कबहादुर फेरि चर्चामा छन्।