इलाम–२ मा रोकियो मतगणना

मत हराएको भन्दै नाराबाजी भएपछि इलाम-२ को मतगणना रोकिएको छ।

इलाम– इलाम–२ मा मतगणना रोकिएको छ।

इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ।

इलाम नगरपालिकाका–१ को मत गन्न बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन्। उनी त्यसअघिको वडामा १६ मतले पछि परेका थिए।