AnonymousUser

Logout

दलीय नाफा–घाटाबाट बाहिर निस्केर द्वन्द्वकालीन न्यायलाई छिटो टुंग्याउनुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी काम 'यो या त्यो' बहानामा लम्ब्याउँदा भविष्यमा जटिल बन्दै जाने बताएका छन्।

पेन्टागनको अध्ययन : अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च

पेन्टागनले गरेको अध्ययनले अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च रहेको देखाएको छ। चालक दलका सदस्यमा छालाको क्यान्सरको दर ८७ प्रतिशत र थाइरोइड क्यान्सरको ३९ प्रतिशत पाइएको छ।

सरकारमा जानेबारे छलफल गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारे छलफल गर्न पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

सरकारलाई छिट्टै पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको बताएका छन्।

डीपीआरमै अल्झियो उत्तरगंगा जलाशययुक्त आयोजना

उत्तरगंगा जलशययुक्त जलविद्युत् आयोजनाको डीपीआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा अन्योल थपिएको छ।

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने युवा प्रहरीको नियन्त्रणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध बानेश्वरमा नाराबाजी गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संवैधानिक आयोगहरू जागिर खाने थलो होइनन् : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ सचेत गराएका छन्।

नेपालमा आणविक कानूनको आवश्यकता छ: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन्।

बर्सातको पानी संकलनसम्बन्धी सम्मेलन सम्पन्न

विश्व पानी दिवसको अवसरमा आयोजित बर्सातको पानी संकलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

गरिब र निमुखाको हितमा काम गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले गर्नसक्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा

दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता छ। फाइनल खेल चैत १७ गते हुनेछ।

गोरखामा प्रधानमन्त्री दाहालले शिलान्यास गरे पन्थहिटी–साहिलटार सडक

प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने २० मिलोमिटर सडक स्तरोन्नती कार्यको शिलान्यास गरेका हुन्। 

घोडेजात्रा

सेनाले यसरी मनायो घोडेजात्रा 

नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ। नेपाली सेनाले काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाएको हो। घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशल प्रस्तुत गरेको थियो। साथै समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

महाकाली सन्धि खारेज गर्नुपर्ने सांसदहरूको माग

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्।

मस्कोसँगको गहिरो सम्बन्ध बेइजिङको छनोट : सी चिनफिङ

तीन दिने रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँगको सम्बन्ध एकीकृत र विकसित गर्नु चीनको रणनीतिक छनोट भएको बताएका छन्।

जातीय छुवाछूत अन्त्यका लागि जागरण अभियान आवश्यक : ओली

एमालेले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको ओलीको भनाइ छ।

गृहनगरमा रोहित पौडेल ५१ हजार रुपैयाँसहित सम्मानित 

विश्वकप छनोटमा पुगेर आफ्नो गृह जिल्ला र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेकाले रोहितलाई सम्मान गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन्।

आठ महिनामा काठमाडौँमा मात्रै ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।

पीडितलाई पन्छाउँदै प्रधानमन्त्रीको ‘अनुकूलता’का लागि ल्याइएको टीआरसी विधेयक

प्रतिनिधिसभामा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रधानमन्त्री दाहालविरुद्ध सर्वाेच्चमा विचाराधीन मुद्दा प्रभावित गर्न र युद्ध–अपराधका पीडकलाई जोगाउन केन्द्रित रहेको सरोकारवालाहरूको निचोड छ।

आठ महिनामा काठमाडौँमा मात्रै ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।