निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ मा वैशाख १० मा निर्वाचन हुने घोषणा यसअघि नै भइसकेको छ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने तल्ला निकायबाट सिफारिस भएको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयले अध्ययन गरिरहेको छ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दुई महिना नबित्दै एमालेसँग सहयात्रा टुंग्याउनुको कारण माग गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएकाले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नहरेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले उनलाई संसद्मा विश्वास गर्न नसकिने बताएका छन्।
अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको अर्थतन्त्र बिग्रिँदै गएको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले इतिहासमा चीन र रुसबीचको सम्बन्ध कठिन परिस्थितिबाट गुज्रिएको भएपनि समयक्रमसँगै दुई देशबीचको सम्बन्ध मजबुत बनेको बताएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँच डीआईजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती नगर्ने निर्णय गरेको छ।
हामीले भारतका सबै बन्दरगाहबाट व्यापार गर्न पाउने गरी पहल गर्नुपर्छ। त्यसो हुँदा भारतका महत्वाकांक्षी परियोजनाहरू सागरमाला र गतिशक्तिको समेत लाभ लिन सक्छौँ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
कोरोनाका कारण पर्यटकीय गतिविधि घटेको लुम्बिनीमा अहिले उल्लेख्य रूपमा पर्यटकहरू आउने गरेका छन्।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीहरूलाई कारबाही गरेको छ।
विराटनगर महानगर र भारतको क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आयोजित महोत्सवमा नेपाल र भारतका साहित्यकारहरूको उपस्थिति थियो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा धेरै जनाविरुद्ध उजुरी परेको छ। दुई आयोगमा परेका ६६ हजार उजुरीमध्ये तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्ध पनि कारबाही हुनसक्छ।
प्रधानमन्त्री दाहालले सोमबार संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
सोमबार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाढी र अत्यधिक गर्मीका कारण नदीमा अक्सिजनको मात्रा घटेकाले ठूलो संख्यामा माछा मरेको अस्ट्रेलियाका अधिकारी र वैज्ञानिकहरूको भनाइ छ।