बझाङ सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ। आउन–जान २० हजारभन्दा धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति स्थानीयलाई चासो छैन।
घर बहालका समस्या समाधानका लागि महानगरले घरधनी र भाडामा बस्नेबीच लिखित सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
दुर्घटनामा भजनी नगरपालिका–९ की ४६ वर्षीया दिलरानी चौधरी र १४ वर्षीया चाहना चौधरीको घटनास्ठलमा नै मृत्यु भएको छ।
निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।
घोडेजात्रा विशेषगरी काठमाडौँ उपत्यकामा मनाउने चलन छ। यसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ।
प्रकृतिको कार्यप्रणालीलाई साधनको भुक्तानीबाटै सम्मान गर्नुपर्छ, तब मात्रै आउँदै गरेको जलवायु महासंकटका साथै पर्यावरणीय संकट एवं पुँजीवादी शोषणको जोखिमबाट समग्र मानव समाजले मुक्ति र स्वतन्त्रता पाउँछ।
मंगलबार दिउँसो पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मन्त्रिपरिषद्को बैठकले प्रमाणीकरणमा 'अयोग्य' ठहर भएका द्वन्द्वकालका लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने भएको छ।
महान्यायाधिवक्ताले रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरे पनि यो प्रकरण सम्पूर्ण रूपले टुंगिएको छैन।
अमेरिकामा तीन वटा बैंक धराशायी भएको खबरले विश्वको बैंकिङ प्रणालीमा पर्न सक्ने जोखिमको त्रासका बीच क्रेडिट स्विसलाई यूबीएसले प्राप्ति गरेको छ।
साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको छ।
अमेरिकी आक्रमणको २० वर्षपछि पनि इराकीहरू युद्धले दिएको पीडा बोकेर हिँडिरहेका छन्। तर अमेरिकाले अहिलेसम्म इराकमाथि आक्रमण गर्नुको औचित्य पुष्टि गर्न सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल गर्ने बताएका छन्।
सार्वजनिक ऋण लिएर सरकारले पूर्वाधार निर्माणमा खर्च गरे पुँजी निर्माण भएर आर्थिक वृद्धिदर बढ्छ। तर सदुपयोग नगर्दा आर्थिक दायित्व बढ्दै गई मुलुक नै ऋणको पासोमा पर्ने जोखिम भएको विज्ञहरू बताउँछन्।
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन आगामी पाँच वर्ष नै टिकेर देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिलेकै प्रणाली चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार डलर पुरस्कार प्राप्त गर्ने भएका छन्।