AnonymousUser

Logout

ललितपुर मेयर्स कपमा एपीएफको जित, सीताको अलराउन्डर प्रदर्शन

कप्तान सीता रानामगरको अलराउन्ड प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको छ।

लोसपाले भन्यो– सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ

लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीले आफ्नो पार्टी सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान भूमिका खेल्ने बताएका छन्।

ललितपुर मेयर्स महिला कप : सम्झनाको अर्धशतकमा सुदूरपश्चिमको जित

ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई ५१ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ।

आधाभन्दा बढी क्षयरोग बिरामी उपचारको पहुँचबाहिर

नेपालमा आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर रहने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।

एएफसी यू–२० महिला एसिया कप छनोट : दोस्रो चरणको खेल तालिका सार्वजनिक

एएफसीले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ।

१८ बालबालिकाको मृत्युपछि कफ सिरप निर्माता कम्पनीको लाइसेन्स खारेज

कम्पनीले उत्पादन गरेको कफ सिरपको सेवनबाट उज्बेकिस्तानमा गत डिसेम्बरमा १८ जना बालबालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको लाइसेन्स खारेज गरिएको छ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत भए ४ लाख योगदानकर्ता

सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।

गण्डकीमा सत्ता फेरबदलको संकेत

गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै गण्डकीमा पनि सरकार फेरिने स्थिति बनेको हो।

भारतीय नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

गुजरातको सुरतस्थित सेसन अदालतले राहुल गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।

भारतीय नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

गुजरातको सुरतस्थित सेसन अदालतले राहुत गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।

पत्रकारको सुरक्षाका लागि ‘पत्रकारिता विकास कोष’ स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री दाहालले सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन्। 

६१ वर्ष कैद सजाय पाउने एउटा, पटकपटक पक्राउ परेर थुनिइरहन्छन् रामफल

२०४२ सालमा भएको डाँका मुद्दाका दोषीलाई सप्तरी जिल्ला अदालतले ६१ वर्ष चार महिना १९ दिनको कैद सजाय सुनाएको छ। त्यही घटनाका दोषी ठानेर प्रहरीले रामफललाई पटकपटक पक्राउ गर्ने गरेको छ।

बालमन्दिरको जग्गा हिनामिनाबारे सूचना माग्ने सांसदलाई मन्त्रालयको टालटुले जवाफ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमन्दिरको जग्गा हिनामिना सम्बन्धमा उपलब्ध गराएको सूचना टालटुले रहेको बताएकी छन्।

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

जनतामा छाएको नैराश्यताका कारण प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको थापाको भनाइ छ।

प्रतितोला एक हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य 

छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तो रेस्टुरेन्ट जहाँ रोबोटले बनाउँछ ७० प्रकारका परिकार 

क्रोएसियास्थित ‘बोट्स एन्ड पोट्स साई फुड बिस्ट्रो’ रेस्टुरेन्टमा रोबोटले पकाएको खाना खान पाइन्छ। मानिसको सहायता बिना रोबोटले खाना तयार गर्ने यो विश्वकै पहिलो रेस्टुरेन्ट भएको दाबी गरिएको छ।

काठ हिनामिना आरोपमा सामुदायिक वनका अध्यक्षसहित ८ जना पक्राउ

५२ लाख रुपैयाँ बराबरको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित आठजना पक्राउ परेका छन्। 

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनमा दैलेख क्षेत्र–२ (ख)बाट उम्मेदवार बनाएको थियो।

क्यानडाको जनसंख्या वृद्धिदर सन् १९५७ यताकै उच्च

सन् २०२२ जनवरीमा ३ करोड ८५ लाख १६ हजार रहेको क्यानडाको जनसंख्या सन् २०२३ जनवरीमा ३ करोड ९५ लाख ६६ हजार पुगेको छ। यो १९५७ यताकै उच्च (२.७ प्रतिशत) वृद्धिदर हो।

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञको टोली मुस्ताङमा

मुस्ताङका ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट भुवाको ८०० नमुना संकलन गरेर परीक्षण गर्ने तयारी छ।