सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको छ।
सांसदहरूले विद्युत् प्रसारण लाइनमा पर्ने रूख कटान, जग्गा अधिग्रहण लगायतका काम चुनौतीपूर्ण देखिएकाले एमसीए नेपालका आयोजनाहरू निर्माण शुरू भएको पाँच वर्षभित्रै सकिनेमा आशंका व्यक्त गरेका छन्।
सञ्जय राईले १८औँ विश्व मुवाँथाइ च्याम्पियनसिपमा पुरुषतर्फ ५४ केजीमा रजत जितेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम तत्काल परिवर्तन नहुने बताएका छन्।
निर्माणसम्बन्धी मापदण्ड विपरीत उपत्यकामा बग्ने खोला, खोल्सी र राजकुलो छोपेर सडक, पार्किङस्थल मात्र नभई घर नै बनाउँदा पनि न कारबाही भएको छ, न त काठमाडौँ महानगरले यस्ता निर्माण रोक्न नै सकेको छ।
कोशी प्रदेश नामकरण भएपछि असन्तुष्ट समूहबाट विरोध, धर्ना र जुलुस हुँदा सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले केही स्थानलाई निषेधित क्षेत्र घोषित गरेको छ।
नेपालले नवनियुक्त मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ।
भारतले दिएको ११७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११ ओभरमा कुनै विकेट नगुमाई १२१ रन बनायो।
हाम्रा अपेक्षा धेरै हुँदैनन्। कसैले आफैँले खनेको खाल्डो पुर्दा वाहवाही कमाउँछ, गाडी लेनमा चल्दा अचम्म हुन्छ, सांसदले बोल्नैपर्ने कुरा बोल्दा धाप भेट्छ, सरकारी कर्मचारीले घुस नलिए मिसाल बन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू 'प्याकेज'मा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन्।
अध्ययनका क्रममा गुडियाजस्तै देखिने रोबोटबाट सहभागीले कम अपेक्षा राखेको पाइयो भने बच्चाजस्तो देखिने रोबोटप्रतिको अपेक्षा र वास्तविक मेल नखाएको भेटियो।
कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका छन्।
भ्रमणका क्रममा पुटिनले मारियोपोलको पूर्वी क्षेत्रस्थित रुसी शहर रोस्तोभ अन डनका रुसी उच्च सैन्य कमान्डरसँग भेट गरेको बताइएको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजेका लागि समय तोकेका छन्।
सभामुख देवराज घिमिरेले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिमाथि संसद्मा प्रश्न उठेको छ।
द्वन्द्वपीडितको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक पेश गरेकी छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय ‘किसान मारा’ रहेको बताएका छन्।
पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ शाह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले किसानले समयमै मल नपाएको, मूल्यवृद्धि, भूमिहीनले जग्गा नपाएको भन्दै सरकारलाई प्रश्न गरेका छन्।