राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासदेखि संघीय संसद् भवन बानेश्वरमा सामान्य सवारीमा आउजाउ गरेका छन्। यसअघि तडकभडकसाथ आवागमन गरेको भन्दै आलोचना हुने गरेकोमा यो पटक राष्ट्रपति पौडेलले सामान्य रूपमा आउजाउ गरेका हुन्। यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद् भवन जाँदा र आउँदा शीतल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो। यस्तो गर्दा, सर्वसाधारण घण्टौँसम्म जाममा पर्ने गरेको भन्दै आलोचना हुने गरेको थियो। राष्ट्रपति पौडेलले संसद् भवन पुगेर आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बजेट ल्याउनुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ।
दुई वर्षसम्म पनि प्रयोग नभएका सामान फिर्ता लिई अरू अस्पताललाई हस्तान्तरण गर्ने मन्त्री बस्नेतले बताएका छन्।
माओवादी केन्द्र दुई, कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने सहमती भएको छ। शुक्रबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्ने मुख्यमन्त्री शाहले बताएका छन्।
कर्णाली नदीमा २०६५ सालमा आएको बाढीले घरखेत पुरेपछि कैलालीको टीकापुर–८ अरुणाफाँटका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए। अहिले आफ्नो जग्गामा बस्न खोज्दा स्थानीयले अवरोध गरेको पीडितको भनाइ छ।
विश्व मौसम संगठनले आगामी पाँच वर्षमा हालसम्मकै सबैभन्दा धेरै तापक्रम रेकर्ड हुने सम्भावना रहेको औँल्याएको छ। औद्योगिक पूर्वावस्थाको तुलनामा १.५ डिग्रीभन्दा बढीले तापक्रम वृद्धि हुने संगठनले जनाएको छ।
दिउँसो ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।
बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको सेप्टेम्बर १९ मा गरिएको राजकीय अन्त्येष्टिमा १०० भन्दा बढी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको उपस्थिति थियो।
अनुमतिप्राप्त म्यानपावरले मात्रै रोजगारीका लागि विदेशमा श्रमिक पठाउन पाउने व्यवस्था छ। तर, यसमा एजेन्ट र बिचौलिया सक्रिय रहेकाले ठगी बर्सेनि बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेका दुई वटा राहदानीसम्बन्धी विवादमा प्रहरीको अनुसन्धान प्रतिवेदन बुझेर मुद्दा नचलाउने निर्णय गरेझैँ कतै नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि त्यसै गर्ने त होइन?
बेंगलोरले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ। प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद तालिकाको पुछारमा छ।
राजश्वले साधारण खर्च समेत धान्न नसक्नेगरी राष्ट्रिय ढुकुटी रित्तिएको र मन्दीको मार खेपिरहेको निजी क्षेत्रलाई चलायमान बनाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने सरोकारवालाहरूको सुझाव छ।
बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको छ।
डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने विषय उठाइरहँदा सरकारले वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताएका छन्।
राष्ट्रिय टिममा आबद्ध भएसँगै सुलेमानले असार ६ गतेबाट भारतमा शुरू हुने साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन्। उनीसँगै उत्कृष्ट आठ खेलाडी राष्ट्रिय टोलीमा रहने छन्।
लाल भन्छन्, 'सरकारले किन सार्वजनिक गरेन, उसैलाई थाहा होला। तर, आयोगको प्रतिवेदन सार्वजनिक भयो भने अहिले देखिएको चासो र उत्सुकता समाधान हुन्छ।'
म्यानमारमा हतियार पठाउने सूचीको शीर्षस्थानमा रुस, चीन र सिंगापुरका कम्पनी छन्। ‘कू’ गरेर सत्ता हातमा लिएको दुई वर्षमा त्यहाँको सेनाले १ अर्ब डलरभन्दा बढीको हतियार किनेको छ।
फ्रेन्ड्स क्लबसँग बराबरी खेलेसँग साबिक विजेता मछिन्द्र शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा पुग्ने रोकिएको छ।
चिनी मिल्सबाट पाउनुपर्ने बक्यौता रकम नपाउँदासम्म आफूहरूको धर्ना जारी रहने उखु किसान पारुक अहमद् बताउँछन्।
प्रहरीले भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई पक्राउ गरेको छ।
पथरी शनिश्चरे–१० का तत्कालीन वडाध्यक्ष सागर राईले मजदुरी गर्ने परिवारका युवाबाट ५ देखि १५ लाखका दरले पैसा उठाएका छन्। चर्को व्याजमा र बैंकबाट ऋण लिएर पैसा दिएकाहरू अहिले उठिबास लाग्ने अवस्थामा छन्।