महासचिव डा. बेदुराम भुसालले राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको बताए।
मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले देशमा भ्रष्टाचार भएकाले आफ्नो मान्छेको ज्यान गएको बताएकी छन्।
मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले नानुका आचार्यले देशमा भएको भ्रष्टाचारका कारण आफ्नो मान्छेले ज्यान गुमाउनु परेको बताएकी छन्।
‘गोल्डेन ग्लोब्स्’मा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी मिसेल अस्करमा पनि ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परेपछि चर्चामा छिन्।
बुधबार संवैधानिक इजलासमा शुरू भएको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।
सरकारी वकिलले गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि कार्यविधिको पालना नगरेको स्वीकार गरेका छन्।
चीनका वरिष्ठ इपिडेमियोलोजिस्ट वु जुनयोले ८० प्रतिशत चिनियाँमा कोभिडको संक्रमण देखिएको बताएका छन्।
बहसकर्ता अधिवक्ता रविराज बसौलाले कानूनले तोकेबमोजिम नागरिकता नलिएकाले गृहमन्त्री लामिछाने नेपाली मूलको नागरिक नै नभएको जिकिर गरे।
इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै युवाहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
यू–१९ विश्वकपमा छनोट हुन एशियाली छनोट प्रतियोगिता खेल्न लागेको नेपाली टोलीको मुख्य भरोसा अलराउन्डरद्वय देव खनाल र गुलशन झाको प्रदर्शनमा निर्भर हुनेछ।
प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुखले वरिष्ठअधिवक्ता गजेन्द्र आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन्।
काठमाडौँ ल्याइएका ४८ मध्ये ४२ शवको पहिचान फरेन्सिक र फिङ्गर प्रिन्टबाट गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ।
बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ।
सरकारले आर्थिक वर्ष २०७२/७३ देखि मध्यपहाडी लोकमार्ग आसपासका बुर्तिबाङसहित १० बजारलाई नमुना शहर बनाउने योजना शुरू गरेको थियो।
नयाँ हुन् या पुराना, कुनै पनि अनुहार बिना स्वार्थ राजनितीमा आएका छन् भनेर जनतालाई नै विश्वास छैन।
बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ।
इलामको सूर्योदय नगरपालिका घर भएका प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए।
पुस २२ गते संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो।