AnonymousUser

Logout

प्रधानमन्त्री र अस्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता, कृषिको व्यवसायीकरणबारे छलफल 

भेटका क्रममा मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए। 

अस्ट्रेलियाबाट फिर्ता ल्याइएको 'सालभञ्जिका टुँडाल' पाटन संग्रहालयलाई हस्तान्तरण 

सन् १९८० को दशकमा हराएको ‘सालभञ्जिका टुँडाल’ अस्ट्रेलियास्थित ‘आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स’मा भेटिएको थियो। 

काठमाडौँको फोहोर व्यवस्थापनमा सरकार प्रयासरत छ: शहरी विकासमन्त्री 

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर काम अघि बढाउनुपर्ने मन्त्री गुरुङको भनाइ छ। 

३०औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा निधन भएको थियो।

सुमनाजी, डेलिभरी 'डल्लै' बाँकी छ

सुमना श्रेष्ठको पोसाकलाई अमर्यादित भन्ने हो भने त्यस्ता मान्छेहरूका लागि धर्तीको सबैभन्दा सुन्दर समाज आजको अफगानिस्तान हो।

मुम्बईलाई पराजित गर्दै लखनऊ प्लेअफ नजिक

१७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो।

शरणार्थी प्रकरणमा किन हुँदैछ अनुसन्धान र मुद्दा कमजोर पार्ने चलखेलको संशय

एकपछि अर्का उच्चपदस्थहरू तानिँदै गएको नक्कली शरणार्थी प्रकरण अभियोजनमा पुग्नै लाग्दा यो मुद्दा कमजोर बनाउने चलखेल शुरू भएको आशंका गर्न थालिएको छ। के हो यसपछाडिको यथार्थ?

मन्त्रिपरिषद्ले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणासहित अरू के–के गर्‍यो निर्णय?

जनआन्दोलनमा घाइते भई निधन भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सातदोबाटोलाई पराजित गर्दै चर्च ब्वाइज 'ए' डिभिजन लिगको शीर्ष स्थान

सातदोबाटोलाई पराजित गर्दै चर्च ब्वाइज शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ भने पेट्रोलको मूल्य भने यथावत् राखेको छ।

गम्भीर आरोप लागेकाले जिम्मेवारी स्वतः छोड्नुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ : गगन थापा

अपराधमा संलग्नमाथि निष्पक्ष छानबिन गर्नुपर्ने, अनुसन्धान प्रक्रिया अवरोध, दबाब वा प्रभावमा पारिन नहुने, पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्ने गगन थापाको धारणा छ।

नीति तथा कार्यक्रमबारे सत्ता समर्थक दलहरूसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समर्थक दलहरूका नेताहरूलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका छन्।

न्यायका लागि लडिरहेका ६ आमा

नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई जोगाउन ‘राजनीतिक चलखेल’ भइरहेको आशंकाबीच न्यायको ‘झिनो आशा’ बोकेर आमाहरू अन्तिम फैसला हुने दिन जेठ ३० को पर्खाइमा छन्।

अदालतको आदेशपछि प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यलाई फेरि दोहोरो भत्ता

सर्वोच्च अदालतले प्रज्ञा प्रतिष्ठानलाई आजीवन सदस्यको भत्ता नरोक्न आदेश दिएपछि अन्य सरकारी निकायबाट पेन्सन सुविधा पाइरहेकाहरूले दोहोरो भत्ता लिन पाउने भएका छन्।

कांग्रेस युवा नेताहरूले गरे पार्टी रूपान्तरण अभियानको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण र भूपेन्द्रजंग शाही लगायतका नेताहरूले ‘नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा’ गरेका छन्।

‘अयोग्य लडाकु’लाई तत्काल २ लाख नदिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

माओवादीका ‘अयोग्य लडाकु’लाई राहतस्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन नगराउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

के हो राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या?

भारतबाट स्वास्थ्योपचार गरी फर्किएको १६ दिन बितिसक्दा पनि राष्ट्रपति पौडेलको स्वस्थ्य पूर्णरूपले ठीक नभएपछि जेठ ५ गते संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम वाचन गर्न प्रधानमन्त्रीले साथ दिने तयारी छ।

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीले पाएको जन्मकैदको सजायलाई सदर गर्ने फैसला सुनाएको छ।

चालु आर्थिक वर्षमा गण्डकीको वृद्धिदर सबैभन्दा बढी र बागमतीको सबैभन्दा कम हुने प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी र बागमतीको सबैभन्दा कम हुने अनुमान गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण : गृहमन्त्रीलाई नागरिक अगुवाको खबरदारी

नागरिक अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्रीलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउन, भ्रष्टलाई नजोगाउन खबरदारी गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।