AnonymousUser

Logout

काभ्रेपलान्चोकको पाँचखालमा हरित औद्योगिक ग्राम निर्माण हुँदै 

औद्योगिक ग्राम सञ्चालनमा आएपछि महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाले जनाएको छ।

नागरिकता प्राप्ति : कानूनभन्दा नियत खराब

बाबु र आमामध्ये एक नेपालको नागरिक भए त्यस्तो व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरेको छ।

देशको पश्चिमी भागमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाजुरा भूकम्प : एकजनाको मृत्यु, ३४ घरमा क्षति (विवरणसहित)

मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भई गएको भूकम्पमा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

३२ मध्ये २० वडाध्यक्ष अर्कोतिर, कसको आडमा फुटपाथ व्यवसायीमाथि खनिँदैछन् बालेन?

फुटपाथ र ठेलागाडा व्यापारीलाई हटाउने बालेन शाहको नीतिविपरीत काठमाडौँका ६ वटा वडाका अध्यक्षले समय तोकेर नै व्यापार गर्न दिन थालेका छन्। अन्य १४ वडाका अध्यक्ष पनि वैकल्पिक व्यवस्थाको पक्षमा छन्। 

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित

कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा र सुदूरपश्चिमका बझाङ, बैतडी, र बाजुरामा भारी हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ।

अमेरिकी भिसा पाउन ६ सय दिनसम्म पर्खिन्छन् भारतीय

भिसामा हुने गरेको ढिलाई कम गर्न अमेरिकाले कर्मचारी थप्नेदेखि सेवा अवधि लम्बाउनेसम्मका उपाय अपनाउने बताएकाे छ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। योसँगै प्रदेशको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।

तीनवटा सरकारी वाणिज्य बैंक पनि मर्जरमा जानुपर्छ : गभर्नर अधिकारी

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंक पनि मर्जरमा जानुपर्ने बताएका छन्।

बाजुरा भूकम्प : घाँस काट्न गएकी महिलाको मृत्यु

मंगलबार दिउँसो गएको भूकम्प पछि माथिबाट खसेको ढुंगा लागेर बाजुराको गौमुलेमा १ जनाको मृत्यु भएको छ।

स्पट फिक्सिङमा आदिलसहित ४ नेपाली संलग्न, महबुबले गरेका थिए दुई खेलाडीलाई अफर

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगमा ६ विदेशी र चार नेपालीसहित १० जना खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको जनाएको छ।

क्रसर व्यवसायीको ‘अपराध’ : डुबेर मरिरहेछन् नागरिक, क्षतिपूर्तिका नाममा गुपचुप

क्रसर उद्योग र त्यससँग सम्बन्धित व्यवसायीको लापरबाहीले अनाहकमा कतिपय नागरिकको ज्यान गएको छ। तर त्यस्ता घटना पैसा र पहुँचको बलमा गुपचुप मिलाउने गरिएको छ।

बाजुरा भूकम्प : हिमाली गाउँपालिकामा घर भत्किए, क्षतिको विवरण आउन बाँकी

मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पमा परी हिमाली गाउँपालिकामा केही घर भत्किएका छन्।

संसद् भवन बाहिर एक व्यक्तिले लगाए आफैँमाथि आगो

इलामको सूर्योदय-११ केराबारी घर भएका प्रेम प्रसाद आचार्यले पेट्रोल खन्याइ आफैँलाई आगो लगाएको महानगरीय प्रहरी प्रमुख एआईजी दिवेश लोहनीले जानकारी दिए।

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

दिउँसो २ः४३ बजेको समयमा गएको भूकम्प सुदूरपश्चिमभरि महशुस गरिएको छ।

मन्त्रिमण्डलमा बसेर संघीयताविरुद्ध बोल्नेलाई स्पष्टीकरण सोध्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता विरोधी धारणा सार्वजनिक गर्नु कानूनी तथा नैतिक रूपमा उपयुक्त नहुने बताएका छन्।

सदनमा एमाले सांसदको आग्रह– लक्ष्मी महतोलाई अपराधीका रूपमा चर्चा नगरौँ

नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्।

देश बचाउन कांग्रेस-कम्युनिस्ट मिल्नुको विकल्प छैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले राष्ट्र बचाउन सबै राजनीतिक दलले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन्।

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

समितिलाई १५ दिनको समय दिइएको छ। सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्नेछ। 

धनकुटाको चौबिसेमा लिफ्टिङबाट खानेपानी, ४११ घरधुरी लाभान्वित

खानेपानीको चरम अभाव भएको बोधे गाउँका स्थानीयले बर्खामा संकलित पानी सकिएपछि प्रतिलिटर दुई रुपैयाँमा किनेर प्रयोग गर्दै आएका थिए।