AnonymousUser

Logout

स्वास्थ्यमन्त्री भन्छन्– तलब खुवाउन नसकेर वीरका कर्मचारी हटाएका हौँ

स्वास्थ्यमन्त्री बस्नेतले देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्थासमेत नभएपछि वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाउन बाध्य भएको बताए।

टोरन्टो प्रस्तुतिसँगै नेपथ्यको क्यानडा यात्रा टुंगियो

टोरन्टो प्रस्तुतिसँगै क्यानडाको श्रृंखलाबद्ध यात्रा टुंग्याएर १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ का दिन स्वदेश फर्कँदै छ।

इजरायलको भ्रमण नगर्न सरकारको आग्रह

परराष्ट्रमन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत वा पार्टीगत रूपमा द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।

नेपालगन्जमा कर्फ्यु हटाइयो, दशैँतिहार विशेष सुरक्षा योजना लागू

नेपालगन्जको जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शव तत्काल ल्याउन संसदीय समितिकाे निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको चाँडो उद्धार गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।

भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह

इजरायलमा केयर गिभर कामको लागि २४ जनाले भिसा प्राप्त गरिसकेका थिए। उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो। 

'भीआईपी' र 'भीभीआईपी'को पर्खाइमा दशकौँदेखि रित्तै छन् वीर अस्पतालका महँगा बेड

वीर अस्पतालले ‘अतिविशिष्ट’ र ‘विशिष्ट’हरूका लागि भनेर अलग्गै वार्ड छुट्ट्याएको चार दशक नाघिसक्यो। तर केही अपवाद बाहेकका उच्चपदस्थहरू उपचार लिन नगएपछि महँगा बेडको रेखदेखमै राज्यको लगानी खेर गइरहेको छ। 

दशैँतिहार नजिकिएसँगै भरियालाई भ्याईनभ्याई (तस्वीरहरू)

दशैँतिहार, छठपर्वको आगमनसँगै काठमाडाैँको महाबौद्धमा चहलपहल बढेको छ। चाडपर्वका बेला व्यापार बढ्ने हुँदा भरियालाई पनि भारी बाेक्न अहिले भ्याईनभ्याई छ।

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए।

अरिंगालको टोकाइबाट जाजरकोटमा २ बालिकाको मृत्यु

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्।

‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’

आफूले खाएर बचेको तरकारी बारीबाट नै बिक्ने भएपछि बजारको सहज पहुँच भएका गृहिणी पनि उद्यमशील बनेका छन्।

विश्व मानसिक स्वास्थ्य दिवस: उपचारमा पहुँच बढाउने चुनौती

नेपालमा पछिल्लो समय मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ।

पोल्ट्री व्यवसाय ‘संकट’मा: राज्यले नै उपेक्षा गरेको व्यावयायीको गुनासो

देशभर पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको पोल्ट्री व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको व्यावसायीहरूले बताएका छन्। 

आज राष्ट्रिय शोक: राष्ट्रिय झण्डा आधा झुकाइने

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। सोही सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।

चर्का नारा र छिमेकद्वेष नहोस् राष्ट्रप्रेम

राष्ट्रप्रेम र राष्ट्रवादको आदर्श भोको पेटले थेग्न सक्दैन। आर्थिक दुरावस्थाको चपेटामा परेका जनताले सधैँ देशको सार्वभौमिकता र भौगोलिक रक्षाको निमित्त रगत बगाइरहन्छन् भन्ने हुँदैन।

विश्वकप क्रिकेट: न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

सम्झना

इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरूको सम्झना दीप प्रज्वलन

काठमाडौँ– गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी सैन्य समूह हमासको हमलामा परी मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिले सोमबार ललितपुरको मंगलबजारमा इजराइल र हमासबीचको युद्धमा परी निधन भएका नेपाली विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलनमा उपस्थितहरूले मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनीहरूले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन्। आक्रमणमा १० जना नेपाली विद्यार्थीको निधन भएको थियो भने केही नेपाली घाइते भएका छन्।

गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।