AnonymousUser

Logout

इजरायलमा रहेका नेपालीको उद्धारमा प्रभावकारी भूमिका खेल्न सरकारलाई दलहरूको सुझाव

सर्वदलीय बैठकमा दलहरूले इजरायल द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र मृतकको शव नेपाल ल्याउने कार्यमा प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

विरोध

माफी मिनाहाको विरोधमा राष्ट्रपति भवनअगाडि प्रदर्शन

मानवअधिकार तथा शान्ति समाजले महाराजगन्जस्थित राष्ट्रपति भवनअगाडि विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्नुपर्ने लगायतका माग गर्दै शान्ति समाजले विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनको क्रममा १३ जना प्रदर्शनकारी पक्राउ परेका छन्। ‘राष्ट्रपति महोदय, न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहा घोषणा किन?’, ‘हत्या हिंसा महिमामंडन गर्न पाइँदैन’, ‘हिंसा र अपराधीकरणलाई बढवा दिने काम बन्द गर’, ‘राष्ट्रपति महोदय, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?’

डब्ल्यूएचओको चुनावमा डा. शम्भु आचार्यलाई जिताउन नेपालको ‘लबिइङ’ कमजोर भएको हो?

बंगलादेशकी प्रधानमन्त्री वाजेद हरेकजसो अन्तर्राष्ट्रिय ‘फोरम’मा उम्मेदवार बनेकी आफ्नी छोरी साइमासँग देखिइरहँदा नेपाल सरकारले भने डा. आचार्यको पक्षमा खास ‘लबिइङ’ नगरेको गुनासो सुनिन थालेको छ। 

इजरायलस्थित दूतावासले भन्यो– विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालियो

तेल अबिबस्थित नेपाल दूतावासले युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।

इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले विमान पठाउने

सरकारले इजरायलस्थित नेपाली दूतावासलाई स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न र स्वदेश फर्कन चाहनेलाई विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ।

त्रिवेणी ग्रुपको ‘हित’मा गरिएको चिया विकास निगम निजीकरण, ८ हजार बिघा सरकारी जग्गा हडप्ने खेल

प्रचुर सम्भावनायुक्त चिया विकास निगमलाई तात्कालिक समस्या देखाएर हतारहतार निजीकरण गरिनुको स्वार्थ एउटा व्यापारिक घरानाको लाभसँग जोडिएको थियो भन्ने साढे दुई दशकका घटनाक्रमले छर्लङ्ग पार्छन्।

इजरायलका बंकरबाट गुहार माग्दै नेपाली, समय घर्काउँदै सरकार

युद्धको चपेटामा परेको इजरायलमा रहेका कतिपय नेपालीले सामाजिक सञ्जालमा भिडियो र चिठी राखेर आफूहरूको उद्धार गर्न आग्रह गरिरहेका छन्। तर सरकारले अहिलेसम्म उद्धारको लागि ठोस निर्णय गर्न सकेको छैन।

माओवादीले सत्तागठबन्धनमा छलफलपछि मात्र शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने

विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ताअघि सत्तागठबन्धनमा छलफल गर्ने पार्टीले निर्णय गरेको मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले गैरकानूनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ।

दलाल, बिचौलिया र भ्रष्टले अर्थतन्त्रलाई कमजोर बनाए : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धराशायी बनाएको टिप्पणी गरे।

इजरायल–हमास द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न आफन्तको आग्रह

आफन्तले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर इजरायलको द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

इजरायलमा मारिएका नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने सरकारको निर्णय

 इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो। 

कोशी प्रदेश एक वर्ष नपुग्दै मध्यावधि निर्वाचनतिर जान लागेको हो?

१० महिनाको बीचमा बनेका चारवटा सरकार नटिकेपछि पाँचौँ सरकारको तयारीमा रहेको कोशी प्रदेशसभा एक वर्ष नपुग्दै विघटन हुने र मध्यावधि निर्वाचनतिर सोझिने संकेत देखापरेका छन्।

इजरायल–प्यालेस्टाइन युद्धमा ज्यान गुमाउनेकाे संख्या ११ सय नाघ्याे

सोमबार पनि गाजा नजिकका क्षेत्रमा इजरायली सेना र प्यालेस्टिन विद्रोही समूह हमासबीच बमबारी चलिरहेको छ।

वैदेशिक रोजगारी: मुलुक धानिरहँदाका उत्पीडन

पहिले सूचनाको अभावमा खाडीमा नेपालीहरू ठगिएका र शोषणमा परेका भेटिन्थे। तर अहिले उच्च शिक्षा लिएर युरोप गएका र सूचनामा पहुँच राख्न सक्नेहरू नै मानव तस्करीको उच्च जाेखिममा परिरहेका छन्।

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला, गाेंगबुस्थित बसपार्कमा भिड (तस्वीरहरू)

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपश्चात् टिकट बुकिङ खुलेको हो। याेसँगै काठमाडाैँकाे गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे लागेकाे छ।

इजरायलमा रहेका नेपालीकाे उद्धार तथा स्वदेश फिर्तीकाे लागि अनलाइन रजिस्ट्रेसनकाे व्यवस्था

इजरायल प्यालेस्टाइन युद्धका कारण समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि रजिस्ट्रेसन खुला गरिएको हाे।

दशैँतिहार लक्षित नयाँ नोट सटही असोज २९ गतेदेखि

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।

वैदेशिक रोजगारी : मुलुक धानिरहँदाका उत्पीडन

न्यूनतम तलब लागू गराउन नेपालको एकल प्रयासबाट मात्रै सम्भव छैन। खाडीमा कतारबाहेक अन्य देशले न्यूनतम तलब निर्धारण गरेका छैनन्।

अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित

शनिबार भारतकाे चेन्नईमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।